Shikhar Insurance
National Life

तरलता संकटबीच कृषि विकास बैंकले आईएफएडीबाट ९ अर्ब ६४ करोड रूपैयाँ विदेशी ऋण ल्याउँदै

सिंहदरबार संवाददाता
२०७८ मंसिर २२, बुधबार १७:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । बैंकिङ क्षेत्र चरम तरलता संकट भएको अहिलेको अवस्थामा कृषि विकास बैंकले विदेशी ऋण ल्याउन सफल भएको छ । बैंकले अर्थमन्त्रालयको सहयोगमा अन्तर्राष्ट्रिय कोष (आइएफएडी) बाट सरकारको संमन्यवमा ९ अर्ब ६४ करोड रुपैयाँ बढी विदेशी ऋणी लिने सम्झौता गरेको हो ।

सम्झौतापत्रमा बैंकका कार्यकारी अधिकृत अनिल उपाध्यय र नेपाल सरकारको तर्फबाट सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका निमित्त प्रमुख ढाकाराम तिवारीले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले अर्थमन्त्रालयमार्फत् कृषि रुपान्तरणका लागि समावेशि मूल्य श्रृंखला परियोजनाका लागि ८ करोड ३३ लाख ५ हजार अमेरिकी डलर सहायक ऋण सम्झौता आइएफएडीसँग गरेको हो । उक्त परियोजनाबाट ६ वर्षभित्र १ लाख २५ हजार कृषकले लाभ लिनसक्ने अनुमान गरिएको छ ।

सम्झौता मिति अनुसार बैंकलाई आइएफएडीले बैंकलाई ९ अर्ब ६४ करोड ३४ लाख रुपैयाँ ३० वर्षको लागि ऋण सहयोग गर्ने बैंकको सीइओ उपाध्ययले जानकारी दिए ।

निकै लामो अन्तराल पछि सो किसिमको सहुलियत  ऋण सहयोग प्राप्त गर्न कृषि विकास बैंक सफल भएको हो । यसले बैंकिङ बजारमा देखिएको तरलता अभावलाई कम गर्न समेत सहयोग पुग्ने देखिन्छ  कृषि मूल्य श्रृंखलाको विकास र विस्तारका लागि कार्य गर्ने यस परियोजनाले कृषकहरुलाई  सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुका साथै हेफर इन्टरनेसनल संस्थासँग सहकार्य गर्दै कृषकहरुमा क्षमता अभिवृद्धि गर्ने कार्यमा समेत सहयोग गर्नेै लक्ष्य राखेको छ ।

कृषि क्षेत्रका लागि दिर्घकालिन योजना सहित मूल्य सृखला उत्पादनदेखि वितरणसम्म सहयोग पुर्याउने गरी सो परियोजना कार्यन्यवनको महत्वपूर्ण काम सम्पन्न भएको कृषि विकास बैंकका सीइओ अनिल उपाध्ययले बताए ।

‘डिसेम्बर २५ तारिखदेखि क्रिसमसको बिदा हुन्छ, सोभन्दा अघिनै पैसा ल्याउने गरी २ दिनमै काम सम्पन्न गरी सम्झौता गरेका हौँ,’ बैंकका सीइओ उपाध्यायले सिंहदरबारसँग भने, ‘यसले बैंकमात्र नभएर १ लाख २५ हजार बढी कृषक लाभान्वित हुनेछन् ।’

तरलता संकुचनको समस्यामा सरकारी स्वामित्व रहेको बैंकले विदेशी ऋण सहयता भित्र्याउन सक्नु नै ठुलो उपलब्धी हासिल गर्नु हो । यसले बैंकलाई स्रोत व्यवस्थापनलाई समेत सहजता प्रदान गरेको उनले भनाइ छ ।

परियोजनाका लागि बैंकले लिएको विदेशी ऋणको १० वर्ष ‘ग्रेस पिरियड’ १० वर्षसम्म रहेको छ अर्थात् १० वर्षसम्म बैंकले बिना ब्याजदर ऋण उपयोग गर्न पाउँछ । १० वर्षदेखि साँवा ब्याज किस्ता/किस्ता गरेर २० वर्षभित्र तिरिसक्नु पर्नेछ ।

बैंकले सम्झौता अनुसारको ऋणमा बैंकले आगामी साउन महिनामा पहिलो किस्ता गरी करिब ३ अर्ब ६० करोड रुपैयाँ पाउने सीइओ उपाध्यायले जानकारी दिए ।

उक्त सम्झौता कार्यक्रममा बैंकको तर्फबाट  प्रमुख कर्जा अधिकृत प्रताप सुवेदी, विभागिय प्रमुख विना शर्मा, बैंकका प्रवक्ता तथा कम्पनी सचिव हिमलाल पौडेलको उपस्थिती थियो भने नेपाल सरकारको तर्फबाट उपसचिव विमला अधिकारी तथा लेखा अधिकृत बुद्धिराम मल्ल आलेको उपस्थीती रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्