Shikhar Insurance
National Life

व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा विषयक सामाजिक संवाद कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर २१, मंगलवार २१:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल वित्तीय संस्था कर्मचारी संघ र युनाइट्स नेपालले वित्तीय तथा सूचना सञ्चार प्रविधि क्षेत्रमा कार्यरत श्रमिकहरुको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धि सामाजिक संवाद कार्यक्रम आयोजना गरेका छन् । उक्त कार्यक्रममा संघ र युनाइट्स नेपालका पदाधिकारी तथा संघमा आवद्ध विभिन्न बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा क्रियाशिल विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका नेतृत्वतहका पदाधिकारीहरु एवं वित्तीय संस्थाका व्यवस्थापनका प्रतिनिधिहरु तथा युनाइट्स नेपालका सदस्यहरु गरी ७० भन्दा बढी सहभागीको सहभागिता थियो ।

कार्यक्रमको उद्घाटन समारोहमा संघका वरिष्ठ उपाध्यक्ष धर्मप्रसाद खनालको रुपमा सहभागी थिए भने प्रमुख अतिथिको रुपमा नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले उद्घाटन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै क्यान महासंघका अध्यक्ष नवराज कुँवर विशेष अतिथिको रुपमा सहभागी उक्त कार्यक्रममा अतिथिको रुपमा युनि एप्रोका प्रोग्राम एन्ड अर्गनाइजिङ कोर्डिनेटर तिलकजङ्ग खड्का, युनि नेपालकाअध्यक्ष शंकर लामिछाने, बीमा समितिका उपनिर्देशक ध्रुब तिमिल्सिना, एभरेष्ट बैंकका कानुन विभाग प्रमुख धर्मप्रसाद गौली तथा माछापुच्छ्रे बैंकका कानुन विभागका प्रमुख गणेश थापा सहभागी थिए । कार्यक्रममा युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीले कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरु तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।

प्रमुख अतिथि आचार्यले श्रम ऐनमा उल्लेख भए बमोजिम कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा समिति गठन नभएका प्रतिष्ठानहरुमा समिति गठन गरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको लागि कार्य गर्नुपर्ने जोड कुरामा जोड दिए ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले कार्यक्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यपत्र पेश गरेका थिए । डा. पुनले प्रस्तुत गरेको कार्यपत्रमा अत्यावश्यक प्रदायक संस्थाहरुको रुपमा रहेको वित्तीय संस्थाहरुमा तथा अन्य कार्यालयहरुमा समेत बढ्दै गरेको कोरोना भाइरसको नयाँ भेरियण्टबाट बच्न कर्मचारीहरु, सेवाग्राही तथा संस्थाको व्यवस्थापनले उच्च सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

साथै, डा. पुनले सहभागीहरुको कोरोना भाइरस सम्बन्धी जिज्ञासाहरुको जवाफ दिएका थिए । कार्यक्रममा छलफलको क्रममा हरेक कार्यालयहरुमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा समिति गठन गरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको लागि कार्य गर्न जरुरी रहेको सहभागीहरु तथा अतिथिहरुले औंल्याए । कार्यक्रम संघका उपमहासचिव विकास श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्