Shikhar Insurance
National Life

१ अर्ब रुपैयाँ बढी निक्षेप लिने बैंक खोज्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ मंसिर २१, मंगलवार १६:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बढी बैंक तथा वित्तीय संस्थाहरुमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोषमा भएको पैसा बैंक तथा वित्तीय सस्थाहरुको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

उच्चतम ब्याजदर प्रस्ताव गर्ने बैंकको मुद्दती पैसा राख्ने भन्दै केन्द्रीय बैंकले मंगलबार बलकबोल आह्वान गरेका छ । कोषमा रहेका कुल १ अर्ब २५ करोड रुपैयाँमा वाणिज्य बैंकहरुमा १ अर्ब रुपैयाँ, विकास बैंकहरुमा १८ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीहरुमा ६ करोड २५ लाख रुपैयाँ राख्न राष्ट्र बैंकले खोजको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उक्त रकम १ वर्षिय मुद्दती निक्षेपमा लिन चाहने बैंकहरूलाई ब्याजदर प्रस्ताव गर्न भनेको छ । इच्छुक बैंक तथा वित्त कम्पनीले मंसिर २३ गते भित्र ब्याजदर प्रस्ताव गरिसक्नु पर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्