Shikhar Insurance
National Life

सेयर धितो कर्जाको सीमा खारेजसहित ३ बुँदे माग राखेर लगानीकर्ताले थाले एकीकृत अभियान

अम्बिका पौडेलको अगुवाइ
सिंहदरबार संवाददाता
२०७८ मंसिर २०, सोमबार २०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । पुँजीबजार सम्बद्ध लगानीकर्ता संघसंगठन एकठाउँमा उभिएका छन् । सेयर बजारप्रति लगानीकर्ताको विश्वास प्राप्त नभएसम्म पछि नहट्ने प्रतिवद्धतासहित लगानीकर्ता नेता अम्बिकाप्रसाद पौडेल नेतृत्वको समूहले अभियान चाल्ने भएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ पुँजीबजार फोरमका अध्यक्ष अम्बिका पौडेल नेतृत्वको समूहले ३ मुख्य माग राखेको छ । जुन पुरा गर्न समूहका प्रतिनिधि अर्थमन्त्रालयसहित विभिन्न निकाय धाउने भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आफ्नो नेतृत्वको अभियान भोलिदेखि नै सुरू हुने पौडेलले सिंहदरबारलाई जानकारी दिए ।

“हाम्रो विशेषतः ३ माग हुनेछन्ः मार्जिन लेन्डिङ कारोबार ब्रोकरमार्फत् पूर्ण कार्यान्वयन नभएसम्म सेयर धितो कर्जाको सीमा हटाउनुपर्छ,” पौडेलले भने, “नेप्से र सेबोनको प्रमुख कार्यकारी तुरुन्तै तोकिनुपर्छ र ३ वर्षअघिको ५८ बुँदे सहमतिमा रहेका बाँकी काम समय सीमा सहित सम्पन्न गर्नुपर्छ ।”

यो अभियान भएको तर आन्दोलन नभएको उनको भनाइ छ । “हाम्रो माग पुरा नभएसम्म पछि हट्दैनौं,” पौडेलले थपे ।

पौडेलले सेयर बजार विस्तारै लयमा आउला कि भन्ने आशा रहेको सुनाए ।

पौडेले नेतृत्वको समूहमा तुलसीराम ढकाल नेतृत्वको नेपाल इन्भेष्टर्स फोरम, उत्तम अर्याल नेतृत्वको सेयर लगानीकर्ता संघ नेपाल, राधा पोखरेल, हरि ढकालदेखि अनुभवी लगानीकर्ता निर्मल प्रधानसम्म छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्