Shikhar Insurance
National Life

नाडाको ४५ वर्षे इतिहासमा पहिलो महिला उम्मेदवार र ईभी प्रतिनिधिको आवश्यकता

सिंहदरबार संवाददाता
२०७८ मंसिर २०, सोमबार १५:००
Hyundai
NCELL
NIMB

काठमाडौं । गाडी व्यापार, झट्ट सुन्दा पुरुषले नेतृत्व गर्ने बिजनेस जस्तो लाग्छ ।

विदेशी कम्पनीसँग डिल गर्नु, भन्सारका झमेलाबाट उन्मुक्ति पाउनु सहज छैन । गाडी आयात गरेरमात्र भएन, बेच्नुपर्‍यो । डिलर खोज्नुपर्‍यो, देशभर दौडनुपर्‍यो । मार्केटिङ र ब्रान्डिङ उत्तिकै गर्नुपर्‍यो । क्लाइन्ट फकाउनुपर्‍यो । आफ्टर सेल्स सर्भिस दिनुपर्‍यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाली समाजले यस्ता कयौं झन्झटसहितको खटाइमा एउटा नारी बलियो बनेर, समाजका सोचलाई परास्त गरेर गाडी व्यवसायी बनेर उभिएकी छन्, यमुना श्रेष्ठ ।

गाडीको व्यापार पुरुषले मात्र गर्छन् भन्ने सोचको अपवाद हुन् उनी ।

श्रेष्ठ अरुजस्तो जैविक इन्धनबाट चल्ने गाडी बेच्दिनन्, नेपालमा निकै चुनौतीपूर्ण मानिएको विद्युतीय सवारी बेच्दै आएकी छिन् ।

उनको साइमेक्स इन्कर्पोरेटेड बीवाईडीको नेपालका लागि आधिकारिक विक्रेता हो ।

जापानबाट पढेर फर्केपछि झन्डै १० वर्ष उनले बीवाईडीको सोलार बेच्ने काम गरिन् । साइमेक्स बीवाईडीका सबै विद्युतीय उत्पादनको नेपालका लागि आधिकारिक विक्रेता हो ।

सन् २०१७ मा यमुनाले बीवाईडीको कार भित्र्याइन् । केही अवधिमै बीवाईडीको विद्युतीय कार सबैबाट रुचाइयो । राष्ट्रपति, ऊर्जामन्त्री सबैले बीवाईडीको कार चढे । साइमेक्सले सरकारी निकायलाई विद्युतीय कार बेच्यो ।

४ वर्षमै यमुना चिनिएकी गाडी व्यापारी बनिन्, त्यो पनि विद्युतीय गाडी ।

सरकारको प्राथमिकतामा रहेपनि फेरिँदो करनीतिले विद्युतीय सवारीको बजारलाई निकै गिजोलेको छ । सन् २०३० सम्म सडकमा गुड्ने आधा सवारी विद्युतीय बनाउने सरकारको योजना रहेपनि विद्युतीय सवारीलाई जैविक इन्धनकै वर्गमा राख्दा यस्तो सवारी निकै महंगो छ ।

सञ्चालन खर्च प्रतिकिलोमिटर केही पैसामात्र पर्ने भएपनि विद्युतीय सवारी आम उपभोक्ताको लागि पहुँचको विषय नहुने डर छ, त्यसको कारण हो मूल्य ।

आधुनिक जमानामा विद्युतीय सवारी सबैको शोखको विषय बनेको छ । तर, कमजोर पूर्वाधारका कारण अझैपनि विद्युतीय सवारी व्यापारीले ठूलै पापड बेल्नुपर्ने स्थिति छ ।

अर्कातर्फ सवारी विक्रेताहरुको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल जैविक इन्धनबाट चल्ने सवारी व्यापारीको संगठन बनेको छ । विद्युतीय सवारीबारे नाडाको धारणा प्रोत्साहन गर्नुपर्ने किसिमको हो कि निरुत्साहन गर्नुपर्ने भन्ने कहिलेकाहीँ स्पष्ट हुन्न ।

यस्तोमा नाडामा विद्युतीय सवारी विक्रेता प्रतिनिधिको आवश्यकता रहन्छ । र, नहुँदा विद्युतीय सवारीमा लबिङ गर्नेको टड्कारो सधैं खड्किन्छ ।

यता नाडाको ४५ वर्षे इतिहासमा एक जना पनि महिला सदस्य थिएनन् । सदस्य त टाढाको कुरा, कोहीकसैले निर्वाचनमा उम्मेदवार बन्ने प्रयत्न गरेनन् ।

यमुनाले त्यो परम्परा पनि चिरेकी छन् । व्यापार गरेर कायम गरेको साख उनले नाडाको नेतृत्वमार्फत् निरन्तरता दिन खोजेकी छन् ।

अध्यक्षका प्रत्यासी ध्रुब थापाको प्यानलमा उनी छिन् ।

विद्युतीय गाडीबारे यमुनाको पृथक मत छ । आयात गर्नेमात्र होइन, तिनको सही व्यवस्थापन हुनुपर्छ, ईभी सबैको पहुँचको विषय हुनुपर्छ भन्ने विषयमा यमुना स्पष्ट थिइन् ।

ईभीका लागि दक्ष जनशक्ति खडा गर्नुपर्छ । ईभीको दीगोपनका लागि नेपाल सक्षम छ कि छैन स्पष्ट हुनुपर्छ र विदेशका उच्चकोटीको प्रविधि नेपालमा ट्रान्स्फर हुनुपर्छ भन्ने मान्यता उनको छ ।

बीवाईडी विश्वको सबैभन्दा ठूलो सामाग्री उत्पादक हो । यमुना बीवाईडीसँगको सहकार्यमा नेपाललाई, नेपाली युवा पुस्तालाई धेरै कुरा सिकाउन तयार छिन् ।

नाडाको कार्यसमितिमा आफू चयन भए ईभीको बजारीकरण र नीतिगत लबिङमा खरो भएर उत्रने योजना यमुनाको छ ।

“विद्युतीय सवारीमा धेरै काम गर्न बाँकी छ, पहिलो काम त विद्युतीय गाडी बेच्ने साथीहरुलाई एकीकृत गर्नुछ,” यमुनाले सिंहदरबारसँग भनिन्, “ग्राउन्ड लेभलबाट आउनुभएको ध्रुब थापाले परिवपर्तन चाहनुभएको महसुस भएपछि उहाँको टिमसँग जोडिएको हुँ ।”

अबको नाडा इकोसिस्टम बनाएर जानुपर्छ भन्ने यमुनाको मान्यता छ । नाडालाई आयात गर्ने वा उत्पादन गर्नेमात्र नभएर, बेच्ने, मर्मत गर्ने, स्पेयर पार्टस् बेच्ने सबैको साझा संगठन बनाउन आवश्यक रहेको धारणा उनले सुनाइन् ।

“त्यहीअनुसार नाडाले गरिरहेको पोलिसी लबिङ जारी राख्नुपर्छ,” उनले भनिन्, “म ईभी व्यापारी भएकाले पनि ईभीको पूर्वाधार बनाउन सरकारसँग समन्वय गर्छु, र यदी हामीले चुनाव जिते अहिलेसम्म नभएको परिवर्तन ल्याउँछौं पनि ।”

नेपालमै ईभीबारे अनुसन्धान गर्नुपर्ने बताउँदै बिजुलीको खपत बढाउने पहिलो पाइला ईभीको प्रयोग नै भएको उनको भनाइ छ ।

श्रेष्ठ भन्छिन्, “विद्युतीय सवारी ह्विम (तरंग) होइन, आवश्यकता हो । विद्युतीय सवारीको बिक्री वर्षायामको भेल होइन, समुन्द्रजस्तो शान्त र विशाल बनाउनु छ, फराकिलो बनाउनु छ ।”

GBIME

प्रतिक्रिया दिनुहोस्