Shikhar Insurance
National Life

लगानीकर्ता धमाधम सेयर बेच्न थाल्दा नेप्से गत चैतको बिन्दुमा

सिंहदरबार संवाददाता
२०७८ मंसिर २०, सोमबार १२:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक गत वर्ष चैतको बिन्दुमा पुगेको छ । कारोबार सुरू भएको १ घन्टा नबित्दै नेप्से परिसूचक ७२ अंकले घटिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्से गत चैतमा २५ सय अंकमुनि थियो । अहिले निरन्तर घटेर उतिबेलाको बिन्दुमा पुगेको हो ।

लगानीकर्ता सेयर बेच्न तम्तयार देखिएका छन् । कम्पनीको सेयर बेचेर उनीहरू म्युचुअल फन्ड किन्नतर्फ लागेका छन् ।

१२ बजेसम्म नेप्से घटेर २४४१.७७ अंकमा ओर्लिसकेको छ । परिसूचक २.८७ प्रतिशतले घटिसक्दा बजारमा साढे २५ लाख कित्ता सेयर १ अर्ब २७ करोडमा खरिद बिक्री भइसकेका छन् ।

हालसम्म १ सय ८४ कम्पनीको सेयर मुल्य घटिसकेको भने ४ वटाको मात्र बढेको छ ।

सबैभन्दा बढी नबिल बैंकको सेयरको कारोबार भएको छ । लगानीकर्ता एनएचपीसी, एचआईडीसीएल, एनटीसी, नेपाल बैंक, गुर्खाज फाइनान्स, ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंक लगायत कम्पनीको सेयर बेच्न उद्दत देखिएका छन् ।

यता महालक्ष्मी विकास बैंक, आईसीएफसी फाइनान्स, सनराइज बैंकलगायको सेयरको माग बढी छ भने लगानीकर्ता राम्रो प्रतिफल दिने म्युचुअल फन्डको माग गरिरहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्