Shikhar Insurance
National Life

सिटिजन लाइफको ‘सिटिजन लिडर्स नाइट २०२१’सम्पन्न, उत्कृष्ट लिडरहरु सम्मानित

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १७:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सिटिजन लिडर्स नाइटको चौथो संस्करण आयोजना गरेको छ । हरेक व्यक्तिलाई स्वरोजगार बनाउने ‘सिटिजन स्वरोजगार अभियान’ अन्तर्गत देशभरी रहेका ३१,००० अभिकर्ताहरु मध्ये कार्यक्रममा आर्थीक वर्ष २०७७/७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी सिटिजन लाइफ इन्स्योरेन्सको कर्पाेरेट क्लबमा पर्न सफल २७९ जना सिटिजन लिडरहरु, उत्कृष्ट ५ सिनियर एजेन्सी मेनेजर, एजेन्ट र विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट शाखाहरुलाई सम्मान गरिएको छ ।

कार्यक्रममा ४ सय सक्रिय सिटिजन लिडरहरुको उपस्थिती थियो । कम्पनीका अध्यक्ष प्रदीप जङ्ग पाण्डे र अन्य सञ्चालक समितिका सदस्यहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा मुख्य अतिथिका रुपमा डा. सन्दुक रुइत को उपस्थिति थियो । आफ्नो जीवनका भोगाइहरु व्यक्त गर्दै उनले आफूले मन देखी चाहेको खण्डमा केहि कुरा पनि असम्भव छैन भन्ने कुरामा जोड दिदैँ अझै उत्कृष्ट कार्य सम्पादन गर्न सबै उपस्थित लिडरहरुलाई प्रेरित गरे ।

सिटिजन लिडरहरुको क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले यस पेशालाई सम्मानित बनाउन र उत्कृष्ट लिडरहरुलाई पुरष्कृत गर्ने कार्यमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी सदैव अग्रणी रहेको र रहने बताउँदै यस्ता कार्यक्रमले व्यावसायिक क्षमता वृद्धिमा थप सहयोग पुग्ने बताए ।

उनले आगामी दिनहरुमा बीमामा आवद्ध भई उच्च सम्मान र उर्जाका साथ काम गर्नका लागि सिटिजन लिडरहरुलाई प्रेरित गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्