Shikhar Insurance
National Life

लगानीकर्ताहरू अत्तालिँदै सेयर बेच्दा नेप्सेमा ७२ अंकको पहिरो

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारका लगानीकर्ता प्यानिक सेल गर्न पुगेका छन् । निरन्तर सेयर बजार परिसूचक नेप्से घट्न थालेपछि लगानीकर्ता आत्तिँदै सेयर बेच्न तम्सिएका हुन् ।

किनेको भन्दा सस्तोमा सेयर बिक्री गर्न लगानीकर्ता तयार बनेका छन् । ३२ सय अंकसम्म पुगेको नेप्से परिसूचक २५ सय १३ अंकमा आइपुगेको छ । यस्तोमा नेप्से निरन्तर घट्न थालेपछि लगानीकर्ता आत्तिएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसको परिणाम नेप्से ७२.३२ अंकले घटेर २५१३.८७ अंकमा पुगेको छ ।

आइतबार कारोबारमा आएका ९ वटा कम्पनीको मात्र सेयर मूल्य बढ्यो ।

बजारमा ८९ लाख २० हजार कित्ता सेयर ४ अर्ब ९ लाख रूपैयाँमा किनबेच भए ।

GBIME

प्रतिक्रिया दिनुहोस्