Shikhar Insurance
National Life

हेटौडा, दमौली, भिरकोट, बारबर्दिया र कोहलपुरमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०७८ मंसिर १९, आईतवार १३:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानलाई अझै तिब्रता दिएको छ । असोज महिनाबाट सुरू जनचेतना अभियानमा युवा र विद्यार्थीहरुको आकर्षण बढ्दै गएको कारण तीन महिना भन्दा कम अवधिमा २३ जिल्लाको ४२ स्थानमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम संचालन भइसकेको छ ।

यसै सिलसिलामा हेटौंडा, दमौली, भिरकोट (स्याङ्जा), बारबर्दिया र कोहलपुरको कलेजहरुमा कार्यक्रम सम्पन्न भएको छ । सहायक क्याम्पस प्रमुख देविराम लामाको अध्यक्षतामा १७ गते हेटौंडा  क्याम्पसमा सम्पन्न कार्यक्रममा ९० जनाको सहभागिता थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसैगरी स्याङ्जाको भिरकोट स्थित भु.पु. सैनिक कम्यूनिटि एकेडेमीमा अभियानका केन्द्रिय सदस्य खेम भट्टराईको अध्यक्षतामा संचालित जनचेतना कार्यक्रममा ४० जनाको सहभागिता रहेको तथा कम्पनीका क्षेत्रिय प्रमुख अखिल धमलाले प्रशिक्षण दिए । दमौलीको आदिकवि भानुभक्त क्याम्पसमा प्राध्यापक विरेन्द्र पौडेलको अध्यक्षतामा संचालित “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रममा ३४ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

बाँकेको कोलहपुर शाखाले बारबर्दिया नगरपालिका १० स्थित जनसेवा बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख नारायण कुमार श्रेष्ठको अध्यक्षतामा मंसिर १६ गते “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न गर्‍यो । ४० जना विद्यार्थिको सहभागिता रहेको कार्यक्रममा सिनियर एजेन्सी मेनेजर ललित जी सि र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले बीमाको महत्व बारेमा र कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले सहभागीहरुलाई प्रशिक्षण दिए ।

कम्पनीले मंसिर १७ गते कोहलपुरको कोहलपुर मोडेल कलेजमा क्याम्पस प्रमुख संजिव बाबु पंगेनीको अध्यक्षतामा कार्यक्रम सम्पन्न गरेको छ । ७० जना विद्यार्थीको सहभागिता रहेको कार्यक्रममा अभियानका केन्द्रिय सदस्य वीरेन्द्र बहादुर साही र कम्पनीका शाखा प्रमुख जय प्रकाश उपाध्यायले जीवन बीमाको महत्व बारेमा प्रकाश पारे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्