Shikhar Insurance
National Life

प्रधानन्यायधिश चोलेन्द्र शमशेर विरुद्ध महाअभियोगको तयारी भैरहेको सत्तारुढ सांसदको खुलासा

सिंहदरबार संवाददाता
२०७८ मंसिर १७, शुक्रबार १९:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेकपा माओवादी केन्द्रका सांसद राम नारायण विडारीले प्रधानन्यायधिश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग लगाउने तयारी भैरहेको खुलासा गरेका छन् ।

नेपाल बार एसोसिएसनले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद विडारीले भविष्यमा सरकारी सेवाका लागि अयोग्य हुने र अख्तियारले भ्रष्टाचारको छानविन गर्न पाउने गरि प्रधानन्यायधिश राणा विरुद्ध महाअभियोग लगाउने तयारी भैरहेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

न्यायालय सुधारका लागि न्यायधिश हरिकृष्ण कार्की संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनसहित केहि विगतका प्रतिवेदनहरु समेत संसदमा पेश गरिनुपर्नेमा पनि उनले जोड दिए ।

दलहरु सोझै आउँदा हस्तक्षेपको आरोप आउने भएकाले कुटनीतिक ढंगले राणालाई बर्खास्त गर्ने तयारी गरिरहेको उनले बताएका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्