Shikhar Insurance
National Life

३ दिनपछि नेप्से बढ्यो, १० दिनमा तेस्रोपल्ट हरियो

सिंहदरबार संवाददाता
२०७८ मंसिर १५, बुधबार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसुचक ५.२८ अंकले बढेको छ । साताको चौथो कारोबार दिन नेप्से ०.२८ प्रतिशतले बढेर २६३३.६६ अंकमा पुगेको हो ।

मौद्रिक नीति समीक्षा हल्ला चल्न थालेपछि निरन्तर घटिरहेको सेयर बजार पछिल्लो १० कारोबारमा तेस्रोपल्ट बढेको हो । यी तीनैपल्ट नेप्से दोहोरो अंकले बढेको छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मौद्रिक नीतिमा लगानीकर्ताले राष्ट्र बैंकको ४/१२ को नीति पुनरावलोकन हुन आश गरेका थिए । तर, राष्ट्र बैंकले यसमा बिचार नगर्ने पक्का भएपछि नेप्से घटिरहेको थियो । समीक्षा आएपछि नेप्से १०० अंकले घटिसकेको थियो ।

बुधबारको सामान्य सुधारले लगानीकर्तामा आशा पलाएको छ ।

बुधबार नेप्से बढ्दा कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढे । बैंक तथा वित्तीय संस्थाको सेयर मूल्यमा सामान्य सुधार आउँदा नेप्से बढेको हो ।

कारोबार सुरु हुँदै बढ्न थालेको नेप्से सम्हालिँदै बढेर बन्द भएको हो ।

बुधबार ५३ लाख कित्ता सेयर २ करोड ७४ लाख रुपैयाँमा कारोबारमा आए । नेप्से बढेपनि कारोबार रकम घट्न थाल्नुले सुखद संकेत गरेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्