Shikhar Insurance
National Life

बीमकहरुले भनेः सबै पुनर्बीमा स्वदेशमै गर्नुपर्ने व्यवस्था संसारमै छैन, सच्याउनुपर्छ

सिंहदरबार संवाददाता
२०७८ मंसिर १२, आईतवार २०:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । जीवन र निर्जीवन बीमा कम्पनीहरुका दुबै छाता संगठनहरुले सबै पुनर्बीमा नेपालमै गनुैपर्ने निर्देशन सच्याउन माग गरेका छन् । आइतबार बीमक संघ र जीवन बीमक संघ आवद्ध अधिकांश कम्पनीका सिईओहरुको संयुक्त छलफलले निर्देशन सच्याउन बीमा समितिमा लिखित अपिल पेश गर्ने निर्णय गरेको हो ।

‘हामीले आज संयुक्त छलफल गरेका छौं, बीमा समितिलाई आफ्नो पूर्व निर्देशन सच्याउन लिखित निवेदन दिने तय भएको छ ।’, निर्जीवन बीमा कम्पनीका सिईओहरुको संगठन बीमक संघका महासचिव चंकी क्षेत्रीले सिंहदरबारसँग भने । उनले अहिले नै नेपालका पुनर्बीमा कम्पनीहरु सबै दायित्व लिन योग्य नभएको र सबै पुनर्बीमा स्वदेशी कम्पनीहरुमै गर्नुपर्ने नियम नेपालमा बाहेक संसारका कुनै पनि देशमा नभएको दावी समेत गरे । ‘हामी नियामक विरुद्ध जाँदैनौं तर अहिलेको यो निर्देशन व्यवहारिक भएन, यसलाई सच्याउनुपर्छ भन्ने हाम्रो साझा निष्कर्ष हो ।’, क्षेत्रीले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुबै संघले पुनर्बीमाको विश्वव्यापी मान्यता अनुसार पनि सबै जोखिम स्वदेशी कम्पनीहरुले नै बहन गर्दा कुनै विपद आएमा दावी भुक्तानीका लागि समस्या हुने भन्दै बीमा समितिले आफ्नो कदम सच्याउनुपर्नेमा जोड दिएका छन् । बीमकहरुले तत्काललाई निश्चित प्रकृतिका निश्चित व्यवसायको केहि प्रतिशत पुनर्बीमा नेपालमै गर्ने व्यवस्था मात्रै उपयुक्त हुने धारणा पनि अघि सारेका छन् ।

बीमकहरुले बीमा समितिको निर्देशन सच्याउनका लागि आफ्ना तर्फबाट केहि विकल्पहरु समेत अघि सार्दैछन् । बीमा समितिले मंसिर ९ गते बिहिबारका दिन निर्देशन जारी गर्दै सम्पूर्ण पुनर्बीमा नेपाली कम्पनीहरुमै गर्नुपर्ने भनेको थियो । नेपाली पुनर्बीमा कम्पनीहरुले नसक्ने भनेर घोषणा गरेको पुनर्बीमा मात्रै विदेशी कम्नपीहरुमा गर्न पाउने गरि समितिले निर्देशन दिएको थियो ।

निजी लगानीमा खुलेको हिमालयन रिलाई व्यवसाय सुनिश्चित गरिदिने योजनासहित बीमा समितिले निर्देशन दिएको भन्दै आलोचना भैरहेको छ । हाल सरकारी स्वामित्व समेत रहेको नेपाल रिलाई २० प्रतिशत आरक्षित व्यवसाय छ । नेपालका सबै बीमा कम्पनीहरुले आफ्नो कुल पुनर्बीमाको २० प्रतिशत व्यवसाय नेपाल पुनर्बीमा कम्पनीमै गर्नुपर्छ । निजी क्षेत्रको हिमालयन रि सञ्चालनमा आएपछि सो २० प्रतिशत बराबर बाढ्नुपर्ने लबिङ समेत भैरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्