Shikhar Insurance
National Life

राजापुर, गुलरिया, धुलिखेल र वीरगञ्जमा “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम आयोजना

सिंहदरबार संवाददाता
२०७८ मंसिर १२, आईतवार १८:००
Hyundai
NCELL
NIMB

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सको बीमा जनचेतना सम्बन्धी “युवासँग महालक्ष्मी लाईफ” कार्यक्रम देशव्यापी बन्दै गएको छ । युवा र कलेजका विद्यार्थी लक्षित यो कार्यक्रम प्रति युवा वर्गको साथै देशका विभिन्न ठाउँका कलेजहरुको आकर्षण बढ्दै गइरहेको छ ।

यसै सन्दर्भमा गएको हप्ता यो कार्यक्रम बर्दिया जिल्लाको  राजापुर, गुलरिया नगरपालिकामा तथा काभ्रेको धुलिखेल मेडिकल कलेज र विरगञ्जमा सम्पन्न भएको छ। मंसिर ७ गते गुलरियाको बबई बहुमुखि क्याम्पसमा क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा १०५ जना विद्यार्थीको सहभागिता थियो । कम्पनीका क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले प्रशिक्षण दिनु भएको कार्यक्रममा अतिथी गिरिराज देवकोटा, अभियानका केन्द्रिय सदस्य रमिला चौधरी, क्याम्पस प्रमुख विरेन्द्र राज लम्सालले कार्यक्रमको महत्व माथि प्रकाश पारे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसै गरी मंसिर ८ गते राजापुरको अमर सहिद बहुमुखि क्याम्पसमा ९५ जना विद्यार्थीको सहभागितामा “युवासँग – महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भयो । क्याम्पस उप प्रमुख अरुण कुमार चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षेत्रिय प्रमुख तेजेन्द्र न्यौपानेले बीमा सम्बन्धी प्रशिक्षण दिए ।

वीरगञ्जको बी पी सी कलेजमा पनि मंसिर ८ गते बीमा जागरण सम्बन्धी कार्यक्रम संचालन भएको छ। कलेजका संयोजक मनोज वर्णवालको अध्यक्षतामा सम्पन्न “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रममा ४८ जनाको उपस्थिति रहेको थियो ।

त्यसै गरी मंसिर ११ गते शनिबार काभ्रेको धुलिखेल मेडिकल कलेजमा कम्पनीका बनेपा प्रमुख रिकेश कायष्थको अध्यक्षतामा “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न भयो । एमविविएस, विडिएस र व्यवस्थापनका ५२ जना विद्यार्थीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य अभियानका केन्द्रिय सदस्य विनु कर्माचार्यले, कार्यालय प्रमुख रिकेश कायष्थ तथा कलेजका डीन डा. राजेन्द्र कोजुले बीमाको महत्व बारेमा प्रकाश पारे ।

GBIME

प्रतिक्रिया दिनुहोस्