Shikhar Insurance
National Life

४/१२ नीति नहट्दा सेयरबजार ‘प्यानिक’, नेप्सेमा ८० अंकको पहिरोले लगानीकर्ताको सम्पत्ति १ खर्बले घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर १२, आईतवार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा ४/१२ को सीमामा पुनरावलोकन नगरेपछि सेयर लगानिकर्ता प्यानिक सेल गर्न तम्सिएका छन् ।

शुक्रबार राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै ४/१२ नीति र सीडी रेसियोमा सहुलियत दिएको थिएन । जुन व्यवस्था प्रति लगानीकर्ताले मिश्रित प्रतिक्रिया दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, आइतबार कारोबार सुरू भएको केही समयमै नेप्से परिसूचक भारी अंकले गिरावट आएको थियो । त्यसयता दिनैभर परिसूचक घटिरहँदा नेप्से ८० अंकले घटेर बन्द भयो ।

परिससूचक ८०.२९ अंकले घटेर २६५१.४९ अंकमा कायम भयो । कारोबारमा आएका १ सय ८२ कम्पनीको मूल्य घटे, ६ वटाको मात्र बढेका छन् ।

लगानीकर्ता अघिल्लो दिनको भन्दा सस्तोमा किनबेच गर्न इच्छुक हुँदा बजारमा १ करोड १९ लाख कित्ता सेयर ५ अर्ब ८३ करोड रूपैयाँमा किनबेच भए ।

नेप्से ८० अंकले घट्दा बजार पुँजीकरण १ खर्ब १२ अर्ब रूपैयाँले कमी भएको छ । बिहीबारसम्म ३८ खर्ब ३४ अर्ब रहेको लगानीकर्ता सम्पत्ति ३७ खर्ब २२ अर्बमा सिमित भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्