Shikhar Insurance
National Life

जो २ लाख डलर साथमा बोकेर काठमाडौंबाट पोखरा पुग्दै गर्दा समातिए…

सिंहदरबार संवाददाता
२०७८ मंसिर ११, शनिबार १९:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । कास्की प्रहरी टोलीले एक लाख ९४ हजार २०० अमेरिकी डलरसहित एक व्यक्तिलाई पोखरामा पक्राउ गरेको छ । काठमाडौँबाट पोखरा आउँदै गरेको माइक्रोबसबाट उक्त रकमसहित प्रहरीले मुस्ताङ जिल्लाको लो घेकर दामोदर कुण्ड घर भई पोखराको शिवालय चोकमा बस्दै आएका ४२ वर्षीय छिरिङ डुन्डुक गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बरामद गरेको उक्त अमेरिकी डलरको नेपालीमा दुई करोड ३२ लाख छ हजार हुन आउँछ । निजको साथबाट प्रहरीले नागरिकता, चेकबुक एक थान र दुई थान मोबाइल पक्राउ गरेको प्रहरीले जनाएको छ । विगतको गतिविधिका आधारमा काठमाडौँबाट ठूलो मात्रामा डलर लिएर गाडीमार्पmत पोखरा आउने र हवाईजहाज चढेर काठमाडौं जाने गरेको खुलेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डलर बोकेर आएको भन्ने गोप्य सूचनाका आधारमा गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय हंशपुर र गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्