Shikhar Insurance
National Life

ताईवानसँग सम्बन्ध तोड्न अमेरिकालाई चीनको चेतावनी

सिंहदरबार संवाददाता
२०७८ मंसिर ११, शनिबार १४:५२
Hyundai
NCELL
NIMB

बेइजिङ । चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गरेका छन् ।

केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन–अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको उनको ठहर छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘चीनले यसको कडा निन्दा गर्दछ र दृढताका साथ अस्वीकार गर्दछ र यस्ता विषयमा अमेरिकी पक्षसँग गम्भीर हुन आग्रह गर्दछ’, उनले भने।

चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाड़ी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गरे ।

‘ताइवान अधिकारीहरूलाई कडा चेतावनीः स्वतन्त्रता खोज्नको लागि विदेशी समर्थन खोज्ने र संयुक्त राज्य अमेरिकामा भर पर्न खोज्दा मृत्यु वा अन्त्य साबित हुनेछ ।’ चीनको टिप्पणी छ ।रासस

GBIME

प्रतिक्रिया दिनुहोस्