Shikhar Insurance
National Life

साढे २ करोडमा पुननिर्माण हुँदैछ पृथ्वीनारायण शाहको शयन कक्ष

सिंहदरबार संवाददाता
२०७८ मंसिर १०, शुक्रबार १६:५९
Hyundai
NCELL
NIMB

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको पृथ्वीनारायण शाह शयन कक्ष पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ ।

पृथ्वीनारायण शाहले कान्तिपुर विजय गरेपछि हनुमानढोका दरबार क्षेत्रमा शयन कक्ष निर्माण भएको थियो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त कक्ष पुनःनिर्माणको ९५ प्रतिशत भौतिक प्रगति भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । कक्षको बाहिरी भागको पुनःनिर्माणका सबै काम सकेरभित्र साजसजावटका काममात्र बाँकी छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अड्डाले नै ठेक्का गरी दुई करोड ५८ लाख ४५ हजार ६२३ को लागतमा कक्ष पुनःनिर्माण भइरहेको इञ्जिनीयर रोशन डङ्गोलले जानकारी दिए । विसं २०७७ जेठ ९ गते पुनःनिर्माण सुरु भएकामा २०७९ साल जेठ ८ गतेसम्म पुनःनिर्माणको अवधि बाँकी रहेको उनले सुनाए । अवधिअगावै काम सम्पन्न हुने जनाइएको छ । पचली भैरव एण्ड मनकामना निर्माण सेवाले यो सम्पदा पुनःनिर्माण काम गरिरहेको छ ।

कक्षसँगै पृथ्वीनारायण शाहले नुवाकोटबाट कान्तिपुर विजयका लागि हिँड्नुअघि ल्याएको कँडेल भगवतीको मन्दिर पनि रहेको छ । कान्तिपुर विजय भएमा भगवतीलाई यहीँ स्थापना गर्ने वाचासहित पृथ्वीनारायण शाहले भगवतीलाई ल्याउनुभएको इतिहासविद्को भनाइ रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका सङ्ग्रहालय अधिकृत जयनारायण कार्कीले जानकारी दिए ।

भगवतीलाई अहिले पनि चैत महिनामा जात्राका लागि नुवाकोट लैजाने परम्परा छ । पहिले पैदल नै भगवतीको प्रतिमूर्ति जात्राका लागि नुवाकोट लैजाने गरिएकामा अहिले सवारीमार्फत लगिन्छ । नुवाकोटबाट ल्याएर स्थापना गरिएकाले वर्षमा एकपटक चैतमा जात्राका लागि देवीलाई मूल थलोमा लैजाने गरिएको हो ।रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्