काठमाडौं । बैंकहरुले आवश्यताअनुसार स्रोत संकलन गर्न नसकेपछि राष्ट्र बैंक २० अर्ब रुपैयाँ सापटी दिने भएको छ । बैंकिङ प्रणालीमा तरलता व्यवस्थापन केन्द्रीय बैंकले रिपोमार्फत् तरलता प्रवाह गर्न लागेको हो ।
मंसिर २३ गते परिपक्क हुने २० अर्ब रुपैयाँ बराबरकोे रिपो केन्द्रीय बैंकले मंसिर ९ गते (आज) बोलकबोलमार्फत् जारी गर्न लागेको हो । बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीयसंस्थालेआज २ बजेसम्म आवेदन दिइसक्नु पर्ने छ ।
प्रतिक्रिया दिनुहोस्