Shikhar Insurance
National Life

साना किसान लघुवित्तद्वारा २६.३१ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर ९, बिहीबार १२:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । साना किसान विकास लघुवित्तले २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनश सेयर र १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

संस्थाले नगद लाभांश भने कर प्रयोजनार्थ वितरण गर्न लागिएको उल्लेख गरेको छ । सो लाभांश संस्थाको मंसिर ८ गते बुधबार बसेको सञ्चालन समितिको बैठकले वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृति दिएपछि सस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा वितरण हुने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्