Shikhar Insurance
National Life

कालिका लघुवित्तले सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने

सिंहदरबार संवाददाता
२०७८ मंसिर ९, बिहीबार ११:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

संस्थाको बुधबार बसेको सञ्चालन समितिको बैठकले सेयरधनीहरुलाई गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १३ प्रतिशत बोनश सेयर दिने प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको हाल कायम चुक्ता पुंजी २७ करोड ६८ लाख ८० हजार ८ सय ९५ रुपैयाँ रहेको छ । जसको १३ प्रतिशतले हुन् आउने ३ करोड ५९ लाख ९४ हजार ५ सय १६ रुपैयाँ ३५ पैसा बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव संचालक समितिले गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकले स्वीकृत गरेपछि संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरी वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्