Shikhar Insurance
National Life

‘लघुवित्तको ब्याजदर एक अंकमा झार्छु, कृषि विकास बैंकको नाम फेर्छु’

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १८:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मन्त्री शर्माले लघुवित्तको ब्याज घटाएर एकल डिजिटमा झार्नुपर्ने र कृषि विकास बैंकको नाम फेर्नुपर्ने बताएका छन् । साना किसान तथा लगानीकर्तालाई सहजिलै सस्तोमा ऋण उपलब्ध गराउनुपर्ने जोड दिँदै उनले कृषि विकास बैंकको नाम परिवर्तन गर्नुपर्ने तथा डिजिटल कारोबारलाई व्यापक गर्नुपर्ने समेत बताएका हुन् ।

पुँजीगत खर्च विद्यमान प्रणालीबाट उल्लेख्य रूपमा नभए नयाँ प्रणाली अपनाउनुपर्ने बताएका छन् । उनले बुधबार अर्थ मन्त्रालयमा बसेको आर्थिक वर्ष २०७८/७९ को प्रथम प्रगति समीक्षा तथा मन्त्रालयस्तरिय विकास समस्या समाधान समितिको बैठकमा यस्तो बताएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पुँजीगत खर्च उल्लेख्य रूपमा नबढेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री शर्माले विद्यमान प्रणालीमा अर्को एक महिनासमेत खर्च नबढे नयाँ विकल्प अवलम्बन गर्नुपर्ने बताए ।

‘यदि पुँजीगत खर्च यो तरिकाले हुन्न भने म अर्को तरिका सोच्दैछु’, उनले भने, ‘अरू एक महिनासमेत पर्खेर हुँदैन भने नयाँ तरिकाबाट खर्च गर्नुपर्छ भन्ने मान्यता छ । खर्च चाहिँ जसरी पनि गर्नुपर्छ ।’

उनले नयाँ प्रणालीबारे सबै मन्त्रालयलाई अवगत गराएर अवलम्बन गर्नुपर्ने बताए ।

आयात घटाउने आधारहरू हुँदाहुँदै पनि नघटेकोप्रति असन्तुष्टि जनाउँदै मन्त्री शर्माले अब बलपुर्वक घटाइने बताए ।

‘आयात नघट्दा व्यापार सन्तुलन तथा विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ, अब पनि आयात नघटे बलपूर्वक घटाउनुपर्ने अवस्था आउन सक्छ ।

 

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले तरलताको चापलाई घटाउन सुन आयातमा निगरानी गर्नुपर्ने बताए ।

उनले हुण्डीमार्फत् नेपाल पैसा पठाउँदा विदेशी मुद्रा उतै रहने र त्यसले सुन कारोबार भइरहेको बताए । त्यसले विप्रेषणमा समेत नकारात्मक असर गरेको उनको भनाइ छ ।

उनले बाहिर बजारमा बजेट र अर्थतन्त्रबारे गलत प्रचार भइरहेकोप्रति संवेदनशील हुन आग्रह गर्दैै पुँजीगत खर्च बढाउनमा ध्यान दिन सम्बन्धित मन्त्रालयहरूलाई सुझाव दिए ।

बैठकमा अर्थ मन्त्रालय अन्तर्गतका भन्सार विभाग, आन्तरिक राजस्व विभाग, महालेखा नियन्त्रक कार्यालयलगायतले कार्य प्रगति तथा त्रैमासिक समीक्षा प्रस्तुत गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्