Shikhar Insurance
National Life

निर्देशन विपरित ऋणको ब्याज बढाउने बैंकमाथि छानबिन गर्दै राष्ट्र बैंक, यी ५ बैंक रेड लिष्टमा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १७:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । ऋणको ब्याज अनावश्यक रुपमा बढाउने बैंकलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको छ । राष्ट्र बैंकको निर्देशन विपरित गएर प्रिमियम दर बढाउने बैंकहरुलाई राष्ट्र बैंकले कारबाही गर्ने भएको हो ।

बैंकहरुले निक्षेपको ब्याजदर बढेसँगै कर्जाको ब्याजदर बढाउन यसअघि निर्धारण भएको प्रिमियम दर नै बढाउन लागेपछि राष्ट्र बैैंकले बैंकहरुसँग विवरण माग गरेको छ । कर्जा सम्झौता अनुसार ऋणीलाई तय गरेको ५ महिनाको प्रिमियमदर पठाउन राष्ट्र बैंकले पत्रमार्फत ताकेता गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकहरुले आधारदरमा केही प्रतिशत प्रिमियम थप गरी कर्जा प्रवाह गर्छन् । राष्ट्र बैंकको निर्देशनअनुसार एक पटक तय गरिएको यस्तो प्रिमियम सम्झौता अवधिभर थप/घट गर्न पाइँदैन ।

तर, केही वाणिज्य बैंकहरुले पछिल्लो समय थपघट गरिरहेको गुनासो बजारबाट आएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । बजारमा आएको गुनासोको आधारमा अध्ययन अनुगमन सुरु गरिसकेको र गल्ती गरेको पाइए ती बैंकलाई राष्ट्र बैंकले दफा १०० बमोजिम कारबाहीको दायरामा ल्याउने उनले जानकारी दिए ।

ग्राहकको मोलमोल्याइँ क्षमता अनुसार बैंकहरुले बेसरेटमा प्रिमियम थप गरेर कर्जा प्रवाह गर्छन् । यस्तो प्रिमियम बैंकले कर्जा सम्झौाता समाप्त भएपछि नवीकरण हुँदा मात्र ग्राहकसँगको आपसी समझदारीमा प्रिमियमदर परिवर्तन गर्न मिल्छ । तर, केही बैंकहरुले भने कर्जाको सम्झौता समाप्त हुनु अघि नै यस्तोदर अत्यधिक दरमा परिवर्तन गर्ने पाइएको राष्ट्र बैंक स्रोतको भनाइ छ । जसकारणले गर्दा राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकलाई पत्र पठाइएको उनको भनाइ छ ।

‘विषेश गरी साना ऋणीहरुलाई बैंकले समय नै नभइ प्रिमियम बढाएको भन्ने गुनासो आएको हुँदा १० करोड रुपैयाँभन्दा तलको कर्जामा प्रिमियमदरको विवरण पठाउन भनेका छौँ,’ राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो, ‘साउनदेखि कात्तिक मसान्तसम्म लागु प्रिमियमदरको छुट्टाछुट्टै विवरण यही साताभित्र पठाउन भनेका छौँ । समय अगावै दर परिवर्तन भएको रहेछ भने कारबाहीमा पर्छन् ।’

ठूला ऋणीको तुलनामा साना ऋणीले प्रिमियमदरमा मोलमोलाइ गर्न नसक्ने हुँदा ती नै ऋणीको ब्याजदर वृद्धि प्रिमियम बढाएर गरेको उनले बताए । राष्ट्र बैंकमा परेको गुनासोको आधारमा वाणिज्य बैंक सुपरीवेक्षण विभागले ५ वटा बैैंकलाई अत्यधिक प्रिमियमदर बढाउने बैंकको ‘रेड लिस्ट’ मा राखेको उनको भनाइ छ ।

‘सबैभन्दा बढी खुद्रा प्रकारका कर्जा दिने बैंकमा देखिएको छ, कुल ५ वटा बैंकले बदमासी गरेको प्रारम्भिक अध्ययनमा पाइएको छ,’ उनले थपे, ‘कुमारी, एभरेष्ट, सनराइज, एनआइसी एशिया र ग्लोबल आइएमई बैंकले समय नै नपुगी प्रिमियम बढाएको भन्दै पटकपटक अनौपचारी गुनासो आएको छ ।’

निर्देशन विपरित नै गएर प्रिमियम बढाइका हुन् या हैनन् भन्ने एकिन तथ्यांक आएपछि मात्र हुने उनले बताए ।

निक्षेपको ब्याजदर बढ्दै गएर चालु आर्थिक वर्षको प्रथम त्रैमासको औसत आधार ब्याजदरको तुलनामा कात्तिकमा निक्षेपको ब्याजदर वृद्धि हुँदा निक्षेप र कर्जाको ब्याजदर अन्तर कम भएर खुद ब्याज आम्दानी प्रभावित हुने भएपछि बैंकहरुले प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका थिए ।

यसरी बैंकहरले राष्ट्र बैंकको निर्देशन विपरित निर्धारित प्रिमियम दर नै बढाएर कर्जाको ब्याजदर बढाएपछि राष्ट्र बैंकले बैंकहरसँग विवरण मागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्