Shikhar Insurance
National Life

कोभिड प्रभावबारे फलो–अप रिपोर्ट भन्छः अर्थतन्त्र करिब–करिब कोरोनापूर्व स्थितिमा पुग्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १६:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । कोभिड प्रभावबारे फलो–अप प्रतिवेदनले अर्थतन्त्र करिब–करिब कोभिडपूर्व स्थितिमा पुगेको संकेत गरेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले गरेको पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग/व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो ।

सर्वेक्षणले ८७.२ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको देखाएको छ । कोभिडपूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन /कारोबार स्थिति पछिल्लो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ भने रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशत बाट ९७.२ प्रतिशत पुगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सन् २०१९ को डिसेम्बरबाट शुरु भएको कोभिड—१९ महामारीका कारण विश्व अर्थतन्त्रमा ठूलो क्षति पुग्न गयो । नेपालले पनि महामारी रोकथामका लागि २०७६ चैत ११ गतेदेखि बन्दाबन्दी लगायतका उपायहरु अवलम्वन गर्‍यो ।

कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धि ऋणात्मक रह्यो । २०७७ सालको उत्तरार्धबाट पुनरुत्थानउन्मुख रहेको अर्थतन्त्र २०७८ बैशाखको तेस्रो साताबाट शुरु भएको महामारीको दोस्रो चरणको रोकथामका लागि गरिएको विविध उपायहरुबाट पूनः प्रभावित हुन पुग्यो ।

कोभिड—१९ ले व्यवसायमा पारेको असर अध्ययन गर्न यस बैंकले २०७७ असारमा ५२ जिल्लाका ६७४ उद्योगी/व्यवसायीहरुबाट तथ्याङ्क संकलन गरी सोको प्रतिवेदन सार्वजनिक गरेको थियो । सो सर्वेक्षणले बन्दाबन्दी पश्चात औसतमा ६१ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेको र ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेको देखाएको थियो । त्यसैगरी २०७७ मंसिरमा प्रथम र २०७८ बैशाखमा दोस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको थियो ।

व्यवसाय सञ्चालन सम्बन्धी पछिल्लो वस्तुस्थिति बारे २०७७ असार, २०७७ मंसिर र २०७८ बैशाखको सर्वेक्षणमा सहभागी व्यवसायीहरुबाट पुनः तथ्याङ्क संकलन गरी तुलनात्मक अध्ययन गर्न २०७८ कात्तिक ७ देखि १७ गतेसम्म तेस्रो पुनरावृत्ति सर्वेक्षण सम्पन्न गरिएको छ ।

सर्वेक्षण नतिजाअनुसार २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा २०७८ कात्तिकमा उद्योग/व्यवसाय सञ्चालनमा क्रमिक रुपमा सुधार आएको देखिएको छ । अझैपनि कोभिड–१९ पूर्व २०७६ फागुनको अवस्थामा पुग्न नसकेको भएतापनि २०७७ असार तथा अन्य अघिल्ला सर्वेक्षणहरुको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारको अवस्था तथा रोजगारीको अवस्थामा उल्लेख्य सुधार आएको देखिन्छ ।

कोभिड–१९ महामारीको दोस्रो लहरपश्चात् उक्त संक्रमणविरुद्धको खोपको उपलब्धताले गर्दा अर्थतन्त्र चलायमान भइ पूनरुत्थानउन्मुख रहेको छ । यस परिप्रेक्ष्यमा उद्योग/व्यवसायहरुको उत्पादन एवम् कारोबारकोअवस्थामा सुधार आइ अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा अध्ययनले गरेको छ ।

यस्तो भन्छ अध्ययनः

२०७७ असारको तुलनामा उद्योग/व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको पाइएको छ । कोभिडपूर्व २०७६ फागुनको तुलनामा २०७७ असारमा ४.१ प्रतिशत उद्योग/व्यवसायहरु मात्र पूर्ण रुपमा सञ्चालनमा रहेकोमा २०७८ कार्तिकमा बढेर ८७.२ प्रतिशत पुगेको देखिएको छ । गत बैशाखमा गरिएको सर्वेक्षणमा ४.२ प्रतिशत उद्योग/व्यवसायहरु सञ्चालन हुन नसकेकोमा यो सर्वेक्षणमा २.३ प्रतिशत उद्योग/व्यवसायहरु मात्र सञ्चालन हुन नसकेको पाइएको छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार सबै प्रकारका उद्योग/व्यवसायको सञ्चालन अवस्थामा सुधार आएको देखिन्छ । ठूला उद्योग/व्यवसायहरु पूर्ण रुपमा संचालनमा आएका छन् ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुको उत्पादन/कारोबारको अवस्थामा सुधार आएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन/कारोबार रहेकोमा २०७८ कात्तिकमा आइपुग्दा यस्तो उत्पादन बढेर औसतमा ७४.७ प्रतिशत पुगेकोछ । २०७७ असारको तुलनामा अध्ययनले समेटेका सबै क्षेत्रहरुको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, होटल तथा रेष्टुलेन्ट क्षेत्रको सुधार तुलनात्मक रुपमा कम रहेको छ ।

गत असारको तुलनामा उद्योग/व्यवसायको आकार अनुसार पनि सबै प्रकारका उद्योग/व्यवसायको उत्पादन/कारोबार बढेको पाइएको छ । तर, कोभिड महामारी आउनु अगाडिको अवस्था भने अझै उत्पादन/कारोबार पुगिसकेको देखिदैन ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको अवस्थामा सुधार भइ कोभिड पूर्वको अवस्था नजिक पुगेको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ७७.५ प्रतिशत मात्र रोजगारी प्रदान गरेका उद्योग/व्यवसायहरुले २०७८ कात्तिकमा आइपुग्दा ९७.२ प्रतिशतको हाराहारीमा रोजगारी प्रदान गरेको पाइएको छ ।

उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीको स्थितिमा सुधार आएसँगै उद्योग/व्यवसायहरुको औसत तलब— ज्याला खर्चमा समेत वृद्धि भएको पाइएको छ । कोभिड महामारी अगाडि २०७६ फागुनको तुलनामा २०७७ असारमा ६३.४ प्रतिशत रहेको यस्तो खर्च २०७८ कात्तिकमा आइपुग्दा ९६.१ प्रतिशत पुगेको देखिएको छ । खानी तथा उत्खनन र विद्युत्, ग्याँस तथा पानी लगायत क्षेत्रका उद्योग/व्यवसायहरुको औसत तलब—ज्याला खर्च कोभिड महामारी अगाडिकै अवस्थामा पुगेको पाइएको छ ।

२०७७ असारको तुलनामा उद्योग/व्यवसायको आकारअनुसार सबै प्रकारका उद्योग/व्यवसायको औसत तलब—ज्याला खर्चमा उल्लेख्य मात्रामा वृद्धि भएको पाइएको छ ।

सर्वेक्षणमा सहभागी उद्योग/व्यवसायहरुले बजार माग नबढ्नालेकारोबारमा ह्रास आएको, कर्जाको ब्याजदर उच्च र अस्थिर भएको, उत्पादन लागत बढेकोले कठिनाइ भएको जस्ता समस्याहरुलाई प्राथमिकतामा राखेका छन् ।

सञ्चालनमा आउन नसकेका अधिकांश उद्योगी/व्यवसायीहरुले कोभिड–१९ का कारण बजार माग घटेको, चालु खर्च धान्न समस्या रहेकोर श्रमिकसँग सम्बन्धित समस्याको कारण उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेको बताएका छन् । उद्योग/व्यवसाय सञ्चालनमा ल्याउन नसकेकामध्ये केहीले उद्योग/व्यवसाय बिक्री गरेको बताएका छन् भने केहीले निकट भविष्यमा पुनः सञ्चालनमा ल्याउने तयारीमा रहेको बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्