Shikhar Insurance
National Life

राष्ट्र बैंक पछि नहट्ने भएपछि सेयर बजारमा कन्फिडेक्स घट्यो, नेप्सेमा तीब्र उतारचढाव

सिंहदरबार संवाददाता
२०७८ मंसिर ८, बुधबार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजारसँग प्रत्यक्ष सरोकार राख्ने ४/१२ को सेयर धितो कर्जा सीमा र सीडी रेसियोमा नेपाल राष्ट्र बैंक पछि नहट्ने पक्का भएपछि सेयर लगानीकर्ताको मनोबल गुमेको छ । जसको परिणाम साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसूचकमा तीब्र उतारचढाव आएको छ ।

सोमबारदेखि सेयर धितो कर्जामा ४/१२ को सीमा नहट्ने चर्चा छ । मंगलबार र बुधबार गभर्नर महाप्रसाद अधिकारीले औपचारिक रूपमै कसैको लाभका लागि यो सीमासँगै सीडी रेसियोमा सहुलियत नदिने घोषणा गरिसकेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तो अवस्थामा लगानीकर्ता सेयर बेच्ने सोचमा छन् ।

मंगलबार भारी अंकले घटेको नेप्से परिसूचक बुधबार पनि डगमगाएको देखिन्छ । कारोबार सुरू भएको ४५ मिनेटसम्म उँधोगतिमा गएको नेप्से परिसूचक त्यसयता सम्हालिने प्रयास गर्दागर्दै धनात्मक भएर बन्द भएको छ ।

बुधबार नेप्सेमा १.८९ अंकको सामान्य वृद्धि आउँदै २७३५ अंकमा ओर्लिएको छ ।

कारोबार अवधिभर ४ अर्ब २१ करोड रूपैयाँको ७४ लाख ४५ हजार कित्ता सेयर किनबेच भए ।

बैंक, ट्रेडिङ र जीवन बीमा समूहमा गिरावट आउँदा पनि अन्य समूह बढेको भएर नेप्से सम्हालियो । कारोबारमा आएका १ सय २ कम्पनीको सेयर मूल्य बढेपनि ७६ वटाको घटे जसमा अधिकांश बैंक र जीवन बीमा कम्पनीहरू नै छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्