Shikhar Insurance
National Life

४/१२ को सिमा नहट्ने र सीडीमा सहुलियत नदिने समाचारले सेयर बजार घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर ७, मंगलवार १५:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो समीक्षा तयारीमा जुट्दै गर्दा सेयर बजारमा लगानीकर्ताको मनोबल घटेको छ । बिहीबारदेखि नै सेयर बजारबारे अर्थ राख्ने ४/१२ नीति र ब्याजदरमा प्रभाव पार्ने सीडी रेसियोबारे मिश्रित प्रतिक्रिया आउन थालेपछि लगानीकर्ताको कन्फिडेन्स डाउन भएको हो ।

केहीदिनको उत्साह बिहीबारदेखि आइतबारसम्म आइपुग्दा घटेको छ । सोमबार भने परिसूचक सामान्य अंकले उकालो लाग्यो । तर, सोमबारै मौद्रिक नीति समीक्षाबाट ४/१२ को सीमा र सीडी रेसियोमा सहुलियत नपाउने समाचार सार्वजनिक भएपछि लगानीकर्ता हतोत्साहित भएको देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसको परिणाम मंगलबारको बजारमा देखिएको छ ।

मंगलबार नेप्से परिसूचक कारोबार सुरू भएदेखि नै ओरालो लाग्यो र अन्तिमसम्म आइपुग्दा ३२.२९ अंकको गिरावट देखियो ।

मौद्रिक नीति समीक्षाः यसकारण हट्दैन सेयर कर्जामा ४/१२ नीति र सीडी रेसियो

२७६५.४३ अंकबाट सुरू भएको बजार दिनैभरि राताम्य रह्यो । कारोबारमा आएका १७१ कम्पनीको सेयर मूल्य घट्यो । अन्यबाहेक सबै समूहको उपसूचक घट्यो ।

बजारमा २२७ कम्पनीका ७४ लाख ४८ हजार कित्ता सेयर ४ अर्ब १६ करोड रूपैयाँमा किनबेच भए । कारोबार रकम सोमबारको भन्दा साढे २३ करोड रूपैयाँ बढी/कम हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्