Shikhar Insurance
National Life

मेगा बैंकले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेण्डा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ७, मंगलवार १४:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । मेगा बैंक नेपालले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारणसभा बाेलाएको छ । बैंकले २८ मंसिरमा ११औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । बैंक तथा वित्तीय संस्था मर्जर र एक्विजिशनसम्बन्धी काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्ति गर्ने लगायतका एजेण्डा छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साधारणसभा प्रयोजनका लागि बैंकले १४ मंसिरमा बुकक्लोज गर्ने भएको छ । जसअनुसार १३ मंसिरसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीले मात्र सभामा सहभागि हुन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्