काठमाडौं । कर्मचारी सञ्चय कोषले राजधानीको सुन्धारस्थित सीटीसी मल लिलाम गर्ने तयारी गरेको छ । सञ्चालक इच्छाराज तामाङले मल बनाउन लिएको कर्जा नतिरेपछि कोषले ३५ दिने सूचना निकालेको हो ।
तामाङले सिभिल स्टेटको नाममा लिएको ऋणको भाखा नाघेकाले कोषले सावाँ र ब्याज नबुझाएकाले बाँकी रकम ब्याज र हर्जनासहित ३५ दिनभित्र भुक्तानी गर्न भनेको हो । त्यसो नगरे सबै मल बेचेर ऋण असुली गर्ने सूचनामा उल्लेख छ ।
सञ्चालक तामाङ ठगी प्रकरणमा केही समयअघि पक्राउ परेका छन् ।
प्रतिक्रिया दिनुहोस्