Shikhar Insurance
National Life

आजका मुलखबर: ओलीलाई चुनौती बने रावल, प्रस्तावित राजदूतमाथि सुनुवाइ अलमल

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार २०:३१
Hyundai
NCELL
NIMB

संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइका लागि बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ । आइतबार सिंहदरबारमा बोलाइएको समितिको सो बैठक कोरम नपुगेपछि आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोरम नपुगेपछि समितिको बैठक आगामी १७ मंसिरमा बस्ने गरी स्थगित गर्नुपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । उनले एमाले र कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरू महाधिवेशनका कारण उपस्थित हुन नसक्दा समितिको बैठक बस्नका लागि आवश्यक कोरम पुग्न नसकेको स्पष्ट पारे ।

जनगणना ८० प्रतिशत सकियो, लिम्पियाधुराको अन्योल कायमै

१२औँ राष्ट्रिय जनगणनाअन्तर्गत मूल गणनाको काम करिब ८० प्रतिशत सकिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । २५ कात्तिकमा सुरु भएको जनगणनाको मूल गणना ९ मंसिरसम्म चल्नेछ ।

विभागका अनुसार हिमाली भेगका धेरैजसो स्थानमा जनगणनाको काम सकिएको छ । अन्य भेगमा समेत करिब ८० प्रतिशत गणना सकिएको अनुमान गरिएको छ ।

जनगणना सकिन चार दिन बाँकी छँदासम्म दार्चुलाको लिपुलेक-लिम्पियाधुरा-कालापानीमा जनगणना कसरी गर्ने भन्ने विषय भने अझै अन्योलमा छ ।

यस क्षेत्रको जनगणना के हुने भन्ने विषयमा टुंगो नलागेको विभागले जनाएको छ । विभागले यहाँ गणक पुगेर जनगणना गर्ने वातावरण नभए अनुमानमा आधारित रहेर जनगणना गर्ने बताएको छ ।

ए डिभिजन लिग : दिनेशको दुई गोलमा ब्रिगेडको विजयी सुरुवात

शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले आइतबार नेपाल एपीएफ क्लबलाई ३-२ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । प्रतिस्पर्धात्मक खेलको इन्जुरी टाइममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको हो ।

ब्रिगेडको जीतमा दिनेश राईले २ तथा सुरज गुरुङले १ गोल गरे । एपीएफका आशिष लामा र बीके तामाङले गोल फर्काए ।

एमाले अध्यक्षमा उम्मेदवारी दिने भीम रावलको घोषणा

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

यससँगै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निर्विरोध बनाउने प्रयास असफल हुने देखिएको छ । पछिल्लो समय ओली निकट मात्र होइन, १० बुँदे सहमति गरेर एमालेमा बसेकै कतिपय नेताहरूले समेत ओलीको विकल्प नभएको बताएका थिए ।

चीनको राजदूतमा समाजवादीको दाबी, जापान र अस्ट्रेलियामा माओवादी अलमल

११ कात्तिकमा सरकारले भारत, अमेरिका र बेलायतको राजदूतका लागि तीन जनाको नाम सिफारिस गर्‍यो । झण्डै एक महिनाअघि सरकारको सिफारिसमा परेकाहरूको सुनवाइ ५ मंसिर (आइतबार)मा थियो । तर, सुनुवाइका लागि संसदीय सुनवाइ समितिमा कोरम नपुगेपछि उनीहरूको सुनुवाइ हुन सकेन, जसले गर्दा नियुक्ति प्रक्रिया लम्बिएको छ ।

५ असोजमा सरकाले राजनीतिक नियुक्तिमार्फत राजदूत भएकाहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका ११ राजदूतलाई फिर्ता बोलाउने निर्णयपछि ३३ मध्ये २३ देशका राजदूत रिक्त भएका थिए ।

त्यसमध्ये तीन देशमा राजदूत नियुक्तिका लागि सिफारिस भए पनि बाँकी देशका लागि भने सत्ता गठबन्धनका दलहरूबीच अझै कुरा मिलेको छैन । कांग्रेसले आफ्नो कोटाबाट भारतमा डा. शंकर शर्मा, अमेरिकामा डा. श्रीधर खत्री र बेलायतमा डा. ज्ञानचन्द्र आचार्यलाई सिफारिस गर्‍यो । खास शक्तिकेन्द्र मानिएका देशमा कांग्रेसले एकलौटी राजदूत सिफारिस गरेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी त्यसप्रति सन्तुष्ट देखिएका छैनन् ।

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षक ओले बर्खास्त

म्यानचेस्टर युनाइटेडका मुख्य प्रशिक्षकबाट ओले गुन्नार सोलस्कजाएर बर्खास्त भएका छन् । क्लबकाे प्रदर्शन लगातार खस्केपछि क्लबकाे बाेर्ड बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेकाे हाे ।

गए राति म्यानचेस्टर युनाइटेडले वाटफाेर्डसँग ४-१ काे लज्जास्पद हार बेहाेरेकाे थियाे । यति मात्र हाेइन, खेलेका पछिल्ला पाँचमध्ये चार खेलमा युनाइटेड पराजित भएकाे थियाे ।

देउवाले उद्घाटन गरेको पतञ्जली टीभीमा विभागको छापा, कागजातहरू नियन्त्रणमा

सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा छापा मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए ।

काठमाडौंमा प्रकाशमान-गगन हाबी, जिते २० मध्ये १८ क्षेत्र

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको अधिवेशनमा यसपालि पनि काठमाडौंमा आफ्नो पकड कायमै राखेका छन् ।

अहिलेसम्म भएका वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रमा सिंह र केन्द्रीय सदस्य गगन थापा निकट नेताहरू नेतृत्वमा पुगेका छन् ।

काठमाडौंका २० प्रदेशसभा क्षेत्रमा शुक्रबार र शनिबार अधिवेशन भएकामा १८ क्षेत्र सिंह-थापा निकटले जितेका छन् ।

भीमसेनदास प्रधान निकटले जम्मा २ प्रदेशसभा क्षेत्र जितेको स्रोतको दाबी छ । प्रधानको टिमलाई सभापति शेरबहादुर देउवाले पनि समर्थन गरेका थिए ।

सर्वोच्चमा तोकियो सबै मुद्दामा पेसी

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् ।

उनले आज १० वटा संयुक्त र एउटा एकल इजलासमा ३३४ वटा मुद्दामा पेसी तोकेका हुन् । उनले आफ्नालागि भने कुनै पनि पेसी तोकेका छैनन् ।

प्रधानन्यायाधीश जबरासहित सर्वोच्चका सम्पूर्ण न्यायाधीशको बिहीबारको पूर्ण बैठक (फुल कोर्ट)ले गोला प्रणालीसहित नियमावली पास गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि न्यायाधीश इजलासमा बसेर न्यायसम्पादन कार्यमा लागेका हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्