Shikhar Insurance
National Life

नौमूले जलविद्युत् गृहमा समस्या हुँदा चार गाउँ अन्धकारमा

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १५:५०
Hyundai
NCELL
NIMB

खलङगा । जुम्लाको गुठिचौर गाउँपालिका – ५ कुम्डीमा रहेको नौमूले लघुजलविद्युत् आयोजनाको विद्युत्गृहमा समस्या आउदा चार गाउँ अन्धकार भएका छन् । मङ्गलबारदेखि विद्युत्गृहमा समस्या आएको हो ।

विद्युतगृहमा जडान गरिएको फित्ता चुडिएपछि समस्या आएको व्यवस्थापक गणेशराज गिरीले जानकारी दिए । गुठिचौर गाउँपालिका–५ भित्रका कुम्डी, फोई, देपालगाउँ र धिता गाउँका उपभोक्ता अध्याँरोमा बस्न बाध्य छन् । विद्युत् गृह मरमत गर्न अझै एक हप्ता लाग्ने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गाउँपालिकाभित्रका करिब ५५० घरधुरीका उपभोक्ता विद्युत्बाट लाभान्वित भएका थिए । विद्युत् अवरोध भएपछि स्थानीयवासीलाई मोबाइल चार्ज गर्न, विद्यार्थीलाई पढ्न, सरकारी कार्यालय, गैरसरकारी निकायका कामकाज प्रभावित भएका छन् । ७६ किलोवाटको क्षमताको लघुजलविद्युत् सञ्चालनमा ती गाउँबस्तीलाई सहज भएको थियो ।

त्रिभुवन माध्यमिक विद्यालयका लेखापाल राजेन्द्र भण्डारीले विद्युत् अवरोध हुँदा अध्यापनमा समस्या भइरहेको जानकारीदिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्