Shikhar Insurance
National Life

नेप्से ११ अंकले घट्यो, ४ अर्बको कारोबार

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १५:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार सेयर बजार घटेको छ । साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ११.६० अंकले घटेर २७५७.५३ अंकमा पुगेको हो ।

नेप्से सहित सेन्सेटिभ, सेन्सेटिभ फ्लोट इन्डेक्स पनि घटेको छ । १८७ वटा कम्पनीको कारोबार हुँदा ४ अर्ब ३५ करोड रुपैयाँ बराबरको ७८ लाख ९४ हजार कित्ता सेयर कारोबार भएको छ ।
११५ वटा कम्पनीको सेयर मुल्य बढ्दा ६२ वटा कम्पनीको सेयर मुल्य घटेको छ भने १० कम्पनीको सेयर मुल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाइड्रोपावर र निर्माण कम्पनीको सेयर मुल्य बढेको छ भने बाँकी समूहगत उपसूचक घटेका छन् । ११ अंकले बजार घटेको दिन नारायणी डेभलपमेन्ट बैंक र मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ ।

बजारमा महालक्ष्मी विकास बैंकको सर्वाधिक ५० करोड ९९ लाख कित्ता सेयर कारोबार भएको छ । सेयर मूल्य सर्वाधिक घट्ने कम्पनीहरु तेह्रथुम पावर कम्पनी, आइसीएफसी फाइनान्स, र प्रिमियर इन्स्योरेन्स कम्पनी आदि रहेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्