Shikhar Insurance
National Life

प्रतितोला ७ सयले घट्यो सुनको मुल्य

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार १२:३४
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार २ सय रुपैयाँ कायम भएको छ जसको मूल्य गत शुक्रबार प्रतितोला ९३ हजार ९ सय रुपैयाँ तोकिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर १ हजार २ सय ६० रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतितोला १ हजार ८ सय ४६ डलर आसपास कारोबार भइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्