Shikhar Insurance
National Life

ग्लोबल आईएमइ लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आईएमइ लघुवित्त वित्तीय संस्थाको साधारणसभा बोलाएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले संस्थाको ९ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।

सो साधारणसभा मंसिर २८ गते मंगलबार बिहान १० बजे होटल पोखरा ग्राण्डी पोखरा पार्दीमा हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्थाको साधारणसभाले आर्थिक वर्ष २०७७/७८ आषाढ मसान्त सम्मको वितरण याग्य नाफाबाट चुक्ता पुँजीको २८ प्रतिशतका दरले हुने १२ करोड ८ लाख ७८ हजार ९ सय १५ रुपैयाँ बराबरको बोनस शेयर वितरया गर्ने प्रस्ताव गर्नेछ ।

साथै संस्थाले नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिई डिजिटल बैंकिङ्ग सम्बन्धी कार्यहरु गर्न प्रबन्धपत्रमा थप गर्ने, संस्थमले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्तसँग मर्ज अथवा पा्रप्ती सम्बन्धी कार्य गर्न उपयुक्र्त संस्याको पहिचान गर्ने समझदारी पत्रमा हस्ताक्षर गर्ने वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने बारेमा विशेष प्रस्ताव पारित गर्नेछ।

वित्तीय संस्थाको संस्थापक समूह अन्तर्गत ग्लोबल आइएमई बैंकबाट प्रतिनिधित्व गर्ने सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ।

उक्त साधारणसभा प्रयोजनका लागि संस्थाले मंसिर १४ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १३ गतेसम्म कायम भएका शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता हुन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ४३ करोड १७ लाख १० हजार ४ सय ११ रुपैयाँ रहेको छ। २८ प्रतिशत बोनस शेयर पछि संस्थाको चुक्ता पूँजी ५५ करोड २५ लाख ८९ हजार ३ सय २६ रुपैयाँ पुग्नेछ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्