Shikhar Insurance
National Life

उन्नति सहकार्य लघुवित्तको लाभांश संशोधन, बोनस सेयर घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर ५, आईतवार ११:१७
Hyundai
NCELL
NIMB

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाको शनिबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको आर्थिक वर्ष २०७७र७८ को सञ्चित मुनाफा बाट वितरण गर्न लागेको लाभांश संशोधन गरेको हो ।

कम्पनीले यसअघि हाल कायम भएको चुक्ता पुँजीको ३२ प्रतिशतका दरले हुन आउने ५ करोड ६३ लाख ७४ हजार ३ सय रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा रकम छुट्याउन निर्देशन दिएपछि संस्थाले लाभांश संशोधन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संशोधन पछि कम्पनीले अब ३० प्रतिशतले हुन आउने ५ करोड २८ लाख ५० हजार ९ सय ११ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल बैंकको स्वीकृति र संस्थाको आगामी साधारणसभाबाट पारित भएपश्चात् वितरण हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्