Shikhar Insurance
National Life

बैंक ब्याजदर एकल अंकमा नराखे कारबाही गर्छुः अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १९:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बैंकको ब्याजदर एकल अङ्कमा नराखे कारबाही गर्ने घोषणा गरेका छ्न । उनले उत्पादनको लागत बढ्ने भन्दै बैंकले प्रदान गर्ने कर्जाको ब्याजदर एकल अंकभित्रै राख्न ताकेता गरेका हुन् ।

फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालको २० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री शर्माले भने, “मैले सम्बन्धित निकायहरू बोलाएर ब्याजदर एकल अंकमा कायम गराउन निर्देशन दिइसकेको छु, नटेरे कारबाही हुन्छ ।” कार्यक्रममा उपस्थित व्यवसायीहरूले बैंकले निक्षेपको ब्याजदर बढाइसकेको र कर्जाको समेत बढाइरहेको गुनासो गर्दै यसो हुँदा उत्पादनको लागत बढ्ने गुनासो गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्री शर्माले कारबाही राष्ट्र बैंकलाई वा सम्वन्धित बैंकलाई गर्ने स्पष्ट पारेनन् । नेपाली उद्योगीहरूको प्रतिस्पर्धी क्षमता बढाउन र उत्पादन लागत घटाउन एकल अंकको ब्याजदर आवश्यक पर्ने मन्त्री शर्माले बताए । कार्यक्रममा मन्त्री शर्माले सबै सरकारी कर्मचारीहरुले नेपालमै उत्पादित जुत्ता चप्पल प्रयोग गर्नुपर्ने पनि बताए ।

सरकारी निकाय र कर्मचारीले नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने व्यवस्थाको तयारी आफूले गरिएको उनले जानकारी गराए । कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले चर्को ब्याजदरका कारण उत्पादनको लागत बढी मूल्यमा समेत प्रभाव परेको गुनासो गरेका थिए । यस्तै अवस्था रहे नेपाली उद्यमी व्यवसायी पलायन हुनुपर्ने अवस्था आउने तर्फ मन्त्री शर्माको ध्यानाकर्षण गराएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्