Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंकको सत्ताइसौं वार्षिक साधारण सभा सम्पन्न, यस्तो भयो निर्णय

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार ०८:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले सत्ताइसौं वार्षिक साधारणसभा तथा सञ्चालक समितिको वैठक सम्पन्न भएको छ । बैंकका अध्यक्ष एआरएम नजसमुस शकिबको अध्यक्षतामा बसेको उक्त सभाले सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार आ.व. २०७७/७८ को मूनाफा रकमबाट २०७८ असार मसान्तमा कायम रहेको चुक्तापुँजीको १२ प्रतिशतका दरले बोनस सेयर तथा ३.५० प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) का दरले नगद लाभांश वितरण गर्ने स्वीकृती गरेको छ ।

साधारणसभाले आगामी ४ वर्षे कार्यकालका लागि बैंकको सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गरिएको बैंकले जनाएको छ । निर्वाचनमा संस्थापक समूहबाट ए.आर.एम नजमुस शकिब, एम. शाह आलम सरवर तथा क्यामरुन नहर अहमद निर्वाचित भएका छन् भने सर्वसाधारण समूहबाट इन्द्रबहादुर थापा, योगिता दाहाल तथा अमन साह निर्वाचित भए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्