Shikhar Insurance
National Life

आर्थिक संकट टार्न घरजग्गा कारोबारलाई नियमन नगरी हुन्नः गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १६:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालमा पहिलो पटक घर जग्गा मापन प्रतिवेदन सार्वजनिक भएको छ । भविष्यमा घरजग्गाकै कारोबारमार्फत् निम्तने आर्थिक संकट रोक्न नेपाल राष्ट्र बैंकले सो प्रतिवेदन तयार गरेको हो ।

विश्वका विभिन्न मुलुकमा घरजग्गकै कारोबारले गर्दा ठुल्ठुला आर्थिक संकट आएको उदाहरण दिँदै केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालमा सो समस्या हन नदिन अहिले नै नियमनको आवश्यक परेको बताएका छन् । गभर्नर अधिकारीले नेपालमा घरजग्गको कारोबारले भविष्यमा निम्त्याउने आर्थिक संकट रोक्न अहिले नै नियमन गरिने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘अमेरिका, जापान लगायत मध्यपुव मुलुक लगायत विश्वका अन्य देशहरुमा आएका ठुलाआर्थिक संकट घरजग्गाको कारोबारको उचित नियमन नहुदाँ नै आएका हुन् भने नेपाल समेत सन् २००८ मा सोही अवस्था पुग्ने संघारमा थियो,’ घरजग्गा कारोबार मापन प्रतिवेदन सार्वजनिक गर्दै उनले भने, ‘अहिले पनि नेपालमा घरजग्गाको कारोबार अत्यधिक बढेको छ, हामीले समयमै ‘ट्र्याक’ गरेर नियमन गर्नुपर्छ भनेर सन् २००८मा पनि गरेका थियौं ।’

राष्ट्र बैंकले घरजग्गाको कारोबारलाई थप व्यवस्थित गर्दै नियमन तथा राजश्वको दायरामा ल्याउनको लागि ‘घरजग्गाा मूल्य सर्वेक्षण प्रतिवेदन’ तयार गरिएको उनले बताए । घरजग्गाको मूल्य सर्वेक्षण गरी काबारमा नियमन समयमै नगरे भविष्यमा नेपालमा पनि आर्थिक संकट आउने उनको अनुमान छ ।

राष्ट्र बैंकले पहिलो पटक घरजग्गा मूल्य सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो । यस्तो प्रकारको सर्वेक्षण प्रत्येक ३/३ महिनामा गरी प्रतिवेदन तयार गर्ने केन्द्रीय बैंक आर्थिक अनुसन्धान विभागले जानकारी दिएको छ ।

पहिलो पटक सार्वजनिक घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन अनुसार नेपालमा घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको छ । मालपोत कार्यालयको तथ्यांकको आधारमा भने यस्तो मूल्यवृद्धि आव २०७५/७६ को तुलनामा २०७६/७७ मा १९.७३ प्रतिशत थियो ।

मूल्य स्थिरता र वित्तीय स्थिरता हासिल गर्न तथा समष्टिगत विवेकशील नियमन तर्जुमाको सन्दर्भमा घरजग्गा मूल्य सूचकांक महत्वपूणर् हुने सन्दर्भलाई दृष्टिगत गर्दै घरजग्गा मूल्य सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आर्थिक वर्ष २०७५/७६ लाई आधार वर्षको रूपमा लिई घरजग्गा सर्वेक्षण गरिएको हो । घरजग्गा मूल्य सूचकांक तयारी निम्ति प्रत्येक प्रदेशको भौगोलिक अवस्थिति, कारोबारको सघनता र तथ्यांक उपलब्धतासमेतलाई दृष्टिगत गरी नमूनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्यांक स्रोत केन्द्रको रूपमा छनोट गरी त्यस्ता केन्द्रबाट तथ्यांक संकलन गरिएको छ ।

तथ्यांक संकलनको लागि ६ वटा बैंकलाई लिएको छ । जसमा नेपाल बैक, एनआईसी एशिया बैक, ग्लोबल आईएमई बैक, एभरेष्ट बैंक र राष्ट्रिय वाणिज्य बैक र प्रभु बैंक छन् ।

छनोट भएका जिल्लाभित्र घरजग्गाको धेरै कारोबार हुने नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका छनोट गरी त्यसभित्रका सबैभन्दा धेरै कारोबार हुने दुई वटा वडाको सर्वेक्षण सञ्चालन भएकोमा तत्काल कायम ६ वटा महानगर क्षेत्रलाई तथ्यांक स्रोत केन्द्रमा पर्नेगरी छनोट गरिएको थियो ।

यी स्थानका सम्बन्धित मालपोत कार्यालयबाट जग्गा र घरजग्गाको रजिष्ट्रेसन कारोबारको आधारमा घरजग्गा मूल्य तथ्यांक संकलन गरिएको थियो। नेपालको सन्दर्भमा तथ्यांक उपलब्ध हुनसक्ने आधारमा दुई वटा स्रोतबाट तथ्यांक संकलन गरेर घरजग्गा मूल्य सूचकांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्