Shikhar Insurance
National Life

भुक्तानी प्रणालीमा क्रान्तिः आफ्नै पेमेन्ट स्वीच सुरु, भावुक बन्दै गभर्नरले यसो भने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार १९:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालको भुक्तानी सेवा प्रणालीमा नयाँ क्रान्ति सुरु भएको छ । नेपाल राष्ट्र बैंकले नेशनल पेमेन्ट स्वीच परियोजना अन्तर्गत पहिलो चरणको रिटेल पेमेन्ट स्वीच सुरु भएको हो । बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वीचको आरम्भ गरेसँगै २९ वटा बैंक तथा वित्तीय संस्था नेशनल पेमेन्ट स्वीचमा जोडिईसकेका छन् ।

नेशनल पेमेन्ट स्वीचको आरम्भ गर्दै गभर्नर महाप्रसाद अधिकारीले पुराना बैंकिङ कारोबारका दिन सम्झिँदै भावुक बने । उनले २० वर्ष अघि चेक क्लियरिङका लागि बिटो बोकेर दिनभर दुई जना कर्मचारी खटिएको स्मरण गराउँदै अब आधुनिक र सुरक्षित आफ्नै प्रणाली सुरु भएको बताए । ‘पेमेन्ट सिस्टमको कुरा अब बैंकको सरोकार मात्रै रहेन् आम नागरिकको पनि सरकार बनिसक्यो, यसले छरिटो, सुरक्षित र भरपर्दौ स्वदेशी भुक्तानी सेवा प्रदान गर्नेछ’, गभर्नर अधिकारीले कार्यक्रमा भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पहिलो चरणको पेमेन्ट स्वीचका रुपमा अघि सारिएको प्रणालीले क्युआर र वालेटको कारोबारलाई समेटेको पनि उनले बताए । खुद्रा कारोबारका रुपमा स्थापित क्युआर र वालेटलाई प्रणालीमा जोडेसँगै अन्य सेवाहरुलाई पनि तोकिएकै समयमा प्रणालीमा आवद्ध गरिसक्न पनि गभर्नरले निर्देशन दिए ।

‘नेशनल पेमेन्ट स्वीच’को निर्माण तथा सञ्चालनको जिम्मेवारी भने नेपाल क्लियरिङ हाउसले लिएको छ । दोश्रो चरणमा कार्डको लागी नेशनल कार्ड स्वीच र नेपाल पेमेन्ट कार्डको लागि आवश्यक कार्य अघि बढाइएको छ । नेशनल पेमेन्ट स्वीच सञ्चालनमा आए पश्चात राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल क्युआर स्ट्याण्डर्ड पूर्ण रूपमा कार्यान्वयन गर्न सकिने छ, जस अन्तर्गत उक्त स्ट्याण्डर्डको नेपालपे क्युआर लागू हुनेछ भने नेपाल भित्र रहेका क्युआरबीच समेत अन्तरआबद्धता कायम गर्न सकिने छ । सेवा बापतको भुक्तानीहरुलाई कुनै पनि बैंक/वित्तीय संस्था वा भुक्तानी सेवा प्रदायकका वैकल्पिक च्यानलहरुबाट भुक्तानी गर्दा रिटेल पेमेन्ट स्वीच मार्फत कारोबार र यसको फर्छ्यौट गर्न सकिने छ ।

वालेट–वालेट बीचको अन्तरआबद्धता कायम गरी एउटा भुक्तानी सेवा प्रदायकबाट अर्को भुक्तानी सेवा प्रदायकमा वालेटबाट नै रकम ट्रान्स्फर गर्ने लगायतका भुक्तानी गर्न सकिनेछ । त्यस्तै विद्युतिय आदेशमा आधारित रिक्वेस्ट–टु–पे अन्तर्गतको नयाँ भुक्तानी उपकरणहरु प्रयोगमा आउने छन् । हाल सञ्चालनमा रहेका भुक्तानी प्रणाली सञ्चालक तथा अन्य संस्थाको अन्तिम सेटलमेन्ट समेत एनसीएचएल मार्फत गर्न सकिनेछ ।

नेशनल पेमेन्ट स्वीचमा आबद्ध हुन तथा सोको लागि तयारी गर्न बैंक÷वित्तिय संस्था र भुक्तानी सेवा प्रदायक तथा भुक्तानी प्रणाली सञ्चालकहरुलाई एनसीएचएलले आवश्यक सहयोग गर्दै आएको छ । साथै उक्त पहिलो चरणको पूर्वाधारमा आबद्ध हुन र प्रयोग गर्न यसअघि एनसीएचएलमा आबद्ध भएका सबै सदस्य बैंक÷वित्तिय संस्था तथा अन्य सदस्यहरुलाई सिधै उक्त रिटेल पेमेन्ट स्वीचमा पहुँच प्रदान गरिने गरी एनसीएचएलले पूर्वाधारमा लगानी गरेको छ । यसले नेशनल पेमेन्ट स्वीच लगायतका उपकरणहरुको कार्यान्वयन गर्न, कारोबार सम्बन्धी डाटा नेपाल भित्रै राख्न र ग्राहकहरुलाई विद्युतीय भुक्तानीको सेवा समेत सहुलियत रूपमा प्राप्त गराउन सहयोगी भूमिका खेल्ने छ ।

यी बैंक तथा वित्तीय संस्था जोडिए नेशनल पेमेन्ट स्वीचमा
वाणिज्य बैंकहरुः
कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी, सिटिजन्स, एभरेष्ट, हिमालयन, लक्ष्मी, माछापुच्छ्रे, मेगा, नबिल, एनआईसी एसिया, एनसीसी, नेपाल बंगलादेश, एनएमबी, प्रभु, प्राइम, सानिमा बैंक र सनराइज बैंक ।

विकास बैंकहरुः
मुक्तिनाथ, गरिमा, कामना सेवा, लुम्बिनी र महालक्ष्मी विकास बैंक ।

फाइनान्स कम्पनीहरुः
गुडविल, सेन्ट्रल, आईसीएफसी, मञ्जुश्री, रिलायन्स र समृद्धि फाइनान्स कम्पनी ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्