Shikhar Insurance
National Life

कात्तिकको ३० दिनमै प्रणालीबाट ३९ अर्ब निक्षेप गायव, विकास बैंक र फाइनान्सको बढ्दा वाणिज्यको घट्यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर ३, शुक्रबार १७:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । कात्तिक लागेपछि बैंकिङ प्रणालीबाट पौने ३९ अर्ब रुपैयाँ निक्षेप गायव भएको छ । निक्षेप घटिरहँदा कर्जा लगानी भने बढेको करिब ४९ अर्बले राष्ट्र बैंकको तथ्यांकले देखाएका छ ।

गत कात्तिक १ गतेदेखि मसान्तसम्म बैंक तथा वित्त कम्पनीहरुको कुल ३८ अर्ब ७४ करोड रुपैयाँ निक्षेप घटेको छ । तर सोही अवधिमा कर्जा प्रवाह भने ४८ अर्ब ९६ करोड रुपैयाँ थप भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केन्द्रीय बैंकद्वारा प्राप्त तथ्यांकअनुसार गत कात्तिक १ गते बैंक तथा वित्त कम्पनीहरुले कुल ४८ खर्ब ३० अर्ब ६० करोड रुपैयाँ निक्षेप संकलन गरेका थिए । जुन ३० दिनबीचमा पौने ३९ अर्ब रुपैयाँले घटेर ४७ खर्ब ९१ करोड ८६ करोड रुपैयाँमा सीमित भएको छ ।

सो अवधिमा वाणिज्य बैंकहरुको ४२ अर्ब ६० करोड रुपैयाँले निक्षेप घट्दा विकास बैंकहरु र वित्त कम्पनीको भने बढेको छ । कात्तिकको ३० दिनमा विकास बैंकहरुले २ अर्ब ३ करोड र वित्त कम्पनीहरुले १ अर्ब ८२ करोड रुपैयाँले निक्षेप थप गरेका हुन् ।

कात्तिक मसान्तसम्म २७ वाणिज्य बैंकहरुमा कुल निक्षेप ४२ खर्ब २५ अर्ब ७१ करोड रुपैयाँ, १८ विकास बैंक ४ खर्ब ७४ अर्ब ३१ करोड रुपैयाँ र १७ वित्त कम्पनीमा ९१ अर्ब ८३ करोड रुपैयाँ निक्षेप मौज्दात छ ।

वाणिज्य बैंकहरुको पछिल्लो १५ दिनयता नै २१ अर्ब ६१ करोड रुपैयाँले निक्षेप घटेको हो । तर, यसरी दैनिक अर्ब बढीले निक्षेप घटेपनि कर्जा लगानी भने सोही रेसियोमा बढेको देखिन्छ ।

कात्तिक लागेपछि बैंक तथा वित्त कम्पनीहरुले ४८ अर्ब ९६ करोड रुपैयाँ कर्जा थप गरी कुल ४५ खर्ब ४४ अर्ब ७१ करोड रुपैयाँ पुर्‍याएका छन् ।

सो अवधिमा वाणिज्य बैंकहरुले मात्र ३९ अर्ब १ करोड रुपैयाँले कर्जा थप गरेका हुन् । कात्तिकको ३० दिनमा विकास बैंकहरुले ५ अर्ब ७७ करोड र वित्त कम्पनीहरुले ४ अर्ब १८ करोड रुपैयाँ कर्जा थप गरेका हुन् । कात्तिक ३० गतेसम्म वाणिज्य बैंकहरुले कुल ४० खर्ब ३७ अर्ब ४४ करोड, विकास बैंकहरुले ४ खर्ब २७ अर्ब १७ करोड र वित्त कम्पनीहरुले ८० अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्