काठमाडौें । ग्लोबल आईएमई बैंकले साधारणसभा बोलाएको छ । मंसिर २ गते बिहिबार बसेको सञ्चालक समितिको ३९५ औं बैंठकले बैंकको १५ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
सो साधारणसभा मंसिर २७ गते सोमबार बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा भर्चुअल माध्यमबाट हुँदैछ ।
साधारणसभाले सञ्चालक समितिले पारित गरे अनुसार आर्थिक वर्ष २०७७/७८को नाफाबाट हाल कायम भएको चुक्ता पुँजीको १० प्रतशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।
उक्त साधारणसभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एकदिनका लागि सेयरधनी किताब खाता बुक क्लोज गर्ने भएको छ । जसअनुसार मंसिर १२ गते सम्म कायम भएका सेयरधनीहरुले बैंकले वितरण गर्ने लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्