Shikhar Insurance
National Life

२१ वटा बैंकले गरे लाभांश घोषणा, ५ वटाले पठाए सेयरधनीको खातामा

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार १४:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । हालसम्म २१ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गरेका छन् । तिहार अघि नै १६ वटा बैंकले लाभांश घोषणा गरेकामा यो सूचीमा तिहारपछि ५ वटा बैंक थपिएका हुन् ।

तिहारपछि लाभांश घोषणा गर्ने बैंकहरु मेगा, लक्ष्मी, प्रभु, प्राइम कमर्सियल र सनराइज बैंक हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आर्थिक वर्ष २०७७/७८ सम्मको नाफाबाट लाभांश दिने घोषणा गर्ने क्रम माछापुच्छ्रे बैंकबाट सुरू भएको हो । लाभांश घोषण गर्ने पछिल्लो बैंक लक्ष्मी हो । सबैभन्दा बढी घोषणा गर्ने नबिल बैंक हो ।

नबिलले ३३.६ प्रतिशत बोनस सेयर सहित ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो । बढी लाभांश घोषणा गर्नेको सूचीमा हिमालयन बैंक दोस्रो स्थानमा छ । हिमालयनले २१.३८ प्रतिशत बोनस सेयरसहित २६ प्रतिशत लाभांश दिने भएको हो ।

२० प्रतिशत भन्दा बढी लाभांश घोषणा गर्ने वाणिज्य बैंक नबिल र हिमालयनमात्र हुन् ।

त्यस्तै नेपाल बैंक, सानिमा बैंक, प्राइम कमर्सियल बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, नेपाल इन्भेष्टमेण्ट बैंक, एनएमबी बैंक, एनआईसी एशिया बैंक, नेपाल बंगलादेश बैंक र सिद्धार्थ बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश घोषणा गरेका छन् ।

नेपाल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

यसैगरी सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशत बोनस सेयर र ०.८९७४ प्रतिशत नगद गरी कुल १७.८९७४ प्रतिशत लाभांश दिने भएको हो ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १६ प्रतिशत बोनस सेयर र ०.६३१३ प्रतिशत नगद गरी कुल १६.६३१३ प्रतिशत लाभांश दिने भएको हो ।

सिटिजन्स बैंक इन्टरनेसनले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १२.९१३ प्रतिशत बोनस सेयर र ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश दिने भएको हो ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ११.२४ प्रतिशत बोनस सेयर र ४.७६ प्रतिशत नगद गरी कुल १६ प्रतिशत, एनएमबी बैंकले १२.५ प्रतिशत बोनस सेयर सहित कुल १५.८ प्रतिशत, एनआईसी एशिया बैंकले १५ प्रतिशत बोनस सेयर सहित १५.७८९४ प्रतिशत, नेपाल बंगलादेश बैंकले १२ प्रतिशत बोनस सेयर सहित १५.५ प्रतिशत र सिद्धार्थ बैंकले १४.२५ प्रतिशत बोनस सेयर सहित कुल १५ प्रतिशत लाभांश दिने भएको हुन् ।

१५ प्रतिशत भन्दा कम लाभांश दिने बैंकहरु बैंक अफ काठमाण्डू, ग्लोबल आईएमई बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, मेगा बैंक, लक्ष्मी बैंक, कुमारी बैंक, सनराइज बैंक, माछापुच्छ्रे बैंक हुन् । माछापुच्छ्रे बैंकले १३.३ प्रतिशत बोनस सेयर र ०.७ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश सहित घोषणाको सुरूवात गरेको थियो ।

बैंक अफ काठमाण्डूले १० प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश दिने भएको हो ।

यसैगरी ग्लोबल आईएमइले १० प्रतिशत बोनस सेयरसहित १३.५ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले १० प्रतिशत बोनससहित १३.०६ प्रतिशत, प्रभुले १२ प्रतिशत बोनससहित १२.६७ प्रतिशत, एभरेष्टले मात्र ६ प्रतिशत बोनससहित १०.३२ प्रतिशत, लक्ष्मी बैंकले ८ प्रतिशत बोनससहित ११.५ प्रतिशत, कुमारीले ६ प्रतिशत बोनससहित ८.६७ प्रतिशत र सनराइज बैंकले सबैभन्दा कम ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यता मेगा बैंकले लाभांश संशोधन गरी सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र २.०७ प्रतिशत नगद लाभांश गरी कुल १२.०७ प्रतिशत लाभांश दिने भएको छ ।

यो प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृती र बैंकहरुको आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ ।

हालसम्म पाँच वटा बैंकहरुले वार्षिक साधारणसभामार्फत् आर्थिक वर्ष २०७७/७८ सम्मको लाभांश पारित गरिसकेका छन् । लाभांश पारित गरी सेयरधनीको खातामा पठाउने बैंकहरु सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेसनल बैंक र नेपाल बंगलादेश बैंक हुन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्