Shikhar Insurance
National Life

नेशनल माइक्रोफाइनान्स लघुवित्तको ४५ प्रतिशत लाभांश प्रस्ताव

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार ११:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो ।

मंसिर १ गते बसेको सञ्चालक समितिको १२३ बैठकले हाल कायम रहेको चुक्ता पुँजीको ४० प्रतिशतका दरले हुन आउने १६ करोड ७६ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतका दरले हुन आउने २ करोड ९ लाख ५२ हजार रुपैयाँ कर सहितको नगद लाभांश गरी कुल ४५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

 

हाल कम्पनीको चुक्ता पुँजी ४१ करोड ९० लाख ५३ हजार रुपैयाँ रहेको छ । ४० प्रतिशतका दरले हुन आउने १६ करोड ७६ लाख २१ हजार रुपैयाँ बराबरको बोनस सेयर पछि कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७४ हजार रुपैयाँ पुग्ने छ ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण गरिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्