Shikhar Insurance
National Life

गुणस्तरहिन सिमेन्ट बेच्ने तीन उद्योगको उत्पादन रोकियो, बजारको समान फिर्ता हुने

सिंहदरबार संवाददाता
२०७८ मंसिर २, बिहीबार ११:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । गुणस्तरहिन सिमेन्ट बिक्री गरेपछि ३ वटा उद्योग कारवाहीमा परेका छन् । तोकिएको मापदण्ड विपरित सिमेन्ट उत्पादन गरी बिक्री गर्ने मारुती, जगदम्बा र युनाइटेड सिमेन्ट सरकारी कारवाहीमा परेका हुन् ।

यी उद्योगले गुणस्तरहिन सिमेन्ट उत्दान तथा बिक्री गरेको ठहर गर्दै सरकारले बिक्री रोक्नुका साथै, बजार बिक्री भइसकेको सिमेन्ट समेत फिर्ता लिन निर्देशन दिएको छ ।
नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको बजार अनुगमनका क्रममा यी उद्योगको उत्पादन गुणस्तरहिन पाइएको हो । विभागले यी उद्योगद्वारा उतपादित सिमेन्टको बिक्री समेत तत्काललाई रोक्का गरी स्पष्टिकरण पेश गर्न समय दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले गरेको कात्तिक ९ गतेको बजार अनुगमनको जगदम्बा,मारुती र युनाइटेड सिमेन्टले उत्पादन गरेका केही सिमेन्ट नेपाल गुणस्तर ५७२ र ३८५ बमोजिम नरहेको उल्लेख गरिएको छ ।

तोकिएको मापदण्डअनुसार सिमेन्ट उत्पादन तथा बिक्री नगर्ने मारुती सिमेन्टको ओपिसि ४३ ग्रेडको सिमन्टको बिक्री रोकिनुका साथै सो ब्याचका समप्ुर्ण सिमेन्ट बजारबाट फिर्ता लिन समेत विभागको निर्देशन छ ।

यस्तै, विभागले जगदम्बा सिमेन्टलाई तोकिएको मापदण्डअनुसार सिमेन्ट उत्पादन नगरेको भन्दै उद्योगद्वारा उत्पादित पिपिसि सिमेन्टको बिक्री रोकेको छ । साथै उक्त ब्याचको सम्पुर्ण सिमेन्ट बजारबाट फिर्ता ल्याउन समेत भनेको छ ।

अनुगमनका क्रममा विभागले युनाइटेड सिमेन्टले समेत ओपिसि ५३ ग्रेडको सिमेन्ट गुणस्तरहिन उत्पादनत गरेको फेला पारेको छ । जसकारणले गर्दा सो ब्याचको सिमेन्ट बिक्री रोक्नका साथै बजारबाट समेत फिर्ता ल्याउन निर्देशन दिएको छ ।

विभागले गरेको सो दिनकोृ अनुगमनमा अन्य २ कम्पनी समेत कारवाहीमा परेका छन् । सो दिन विभागले जानकी केवल र ग्याँस वान नेपालमा समेत अनुगमन गरेको थियो । अनुगमनका क्रममा विभागले यी कम्पनीलाई आवश्यक कारवाही गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्