Shikhar Insurance
National Life

बिग मर्जरका लागि आधा दर्जन साना वाणिज्य बैंक फकाउँदै राष्ट्र बैंक, नटेरे ‘फोर्स’ !

दिलु कार्की
२०७८ मंसिर १, बुधबार २०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिग मर्जरका लागि आधा दर्जन वाणिज्य बैंकहरुलाई फकाउन थालेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अगावै राष्ट्र बैंकले साना वाणिज्य बैंकका सञ्चालक र सीईओहरुलाई बोलाएर मर्जरमा गइदिन फकाएको हो ।

केन्द्रीय बैंकले यसैसातामात्रै बोलाएर एक घन्टाजति मर्जरमा जानुपर्ने आवश्यकतसम्बन्धि क्लास लिएको एक वाणिज्य बैंकका सीईओले सिंहदरबारलाई जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले सिभिल, सेञ्चुरी, कुमारी, बीओके, एनसीसी, सनराइज, सिटिजन्सलगायतका बैंकहरुलाई मर्जरमा जान फकाएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कमजोर वित्तीय परिसुचक, पफर्मेन्स र प्रतिस्पर्धामा अन्य बैंकको तुलनामा पछि परेका वाणिज्य बैंकहरुलाई मर्जरमा जान फकाइएको राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र स्वीकार गर्छन् ।

‘वित्तीय परिसुचकदेखि डिजिटलाइजेसन, प्रतिस्पर्धात्मक व्यापारमा विकास बैंकभन्दा कमजोर देखिएका केही वाणिज्य बैंकहरु छन्, उनीहरुलाई मर्जरमा जान ‘पर्सुएड’ (फकाउनु) गरेका हौं,’ डेपुटी गभर्नर मिश्रले सिंहदरबारसँग भने, ‘अस्तित्वमै संकट आउने अवस्थामा पुगेका संस्थाहरुलाई भने हामी केही गर्ने पक्षमा छौं ।’

बैंकहरुको स्वास्थ्य अवस्थाको (हेल्थ रिपोर्ट) हेरेर भावी योजना बनाउने पक्षमा राष्ट्र बैंक रहेको उनले जानकारी दिए

‘हामी केहि बैंकहरुको हेल्थ रिपोर्ट हेरिरहेका छौं,’ उनले थपे, ‘त्यस्ता बैंकहरुलाई मौखिक रुपमा मर्जरमा गए हुन्छ भनिरहेका छौं ।’

राष्ट्र बैंकले मर्जरको विषय मौद्रिक नीतिमै स्पष्ट रुपले उल्लेख गरेको हुँदा अहिले नै डण्डा लगाउने गरी मर्जर नीति ल्याउने योजनामा नरहेको उनको भनाइ छ ।

‘हामीले १०/१२ वटा सुविधा नै दिएर प्रोत्साहन गरेका छौं, हिमालयन र इन्भेष्टमेण्ट बैंकको त धेरै कुरा अघि बढिसकेको पनि छ, बैंकहरु आफैं मर्जरमा प्रोत्साहन होउन भन्ने हाम्रो नीति हो,’ डेपुटी गभर्नर बमबहादुर मिश्रले भने ।

राष्ट्र बैंक पहिले जस्तो मर्जरमा जाउ भन्ने योजनामा नभएपनि बैंकहरुको साना तथा कमजोर मानिएका बैंकलाई मर्जरका लागि रणनीति योजना बनाउन सुझाएको उनले बताए ।

केही सातायता राष्ट्र बैंकका उच्च व्यवस्थापन तथा विभागीय प्रमुखहरुले बोलाएर नै मर्जरका लागि सुझाएको ती सीईओले बताउँछन् ।

‘झण्डै आधा दर्जन भन्दा बढी वाणिज्य बैंकहरु मर्जरमा गइदिउन् भन्ने राष्ट्र बैंकको सोच देखियो,’ ती सीईओले सिंहदरबारसँग भने, ‘हामीलाई पनि बोलाएर ‘पार्टनर खोज्नु’ भन्ने सुझाव उहाँहरुले दिनुभयो ।’

स्रोतका अनुसार चालु आर्थिक वर्षभित्रै केही वाणिज्य बैंकहरुबीच मर्जर गराई छाड्ने योजना केन्द्रीय बैंक नेतृत्वले बनाएको छ ।

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंक तथा नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जर चाँडो टुंगाएर अन्य बैंकहरुलाई दबाव दिने योजना राष्ट्र बैंकले बनाएको हो ।

‘केही बैंकहरुको साइज निकै ठूलो बन्दैछ, त्यसैलाई देखाएर साना बैंकलाई मर्जरका लागि बाध्य पार्ने योजनामा राष्ट्र बैंक लागेको देखिन्छ’, ती सीईओले भने ।

राष्ट्र बैंकले मर्जरका लागि क्रस होल्डिङलाई एउटा आधार बनाएको छ । त्यस बाहेक सञ्चालक समितिमा रहेको विवाद, कमजोर व्यवसाय वृद्धि, न्युन प्रतिफल, वित्तिय सुशासनमा कमजोर देखिएका बैंकहरुलाई दबाव दिन थालेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्