Shikhar Insurance
National Life

चीन बन्यो विश्वकै धनी देश, अमेरिका पछि पर्‍यो

सिंहदरबार संवाददाता
२०७८ मंसिर १, बुधबार १८:५९
Hyundai
NCELL
NIMB

एजेन्सी । तथ्यांकअनुसार सन् २००० मा चीनको कूल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ । विश्वको कूल सम्पत्तिको एक तिहाई सम्पत्ति चीनको रहेको छ ।

पछिल्लो २० वर्षमा विश्वको कूल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चीन विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य हुनुभन्दा एक वर्ष अगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीब्र बिकास भएको विज्ञहरुले बताउँदै आएका थिए ।

अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कूल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ ।

विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुबै देशमा दुई तिहाईभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ ।

म्याकिन्से एण्ड कम्पनीले १० ओटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् ।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ ।

रिपोर्टअनुसार विश्वको कूल सम्पत्तिको करिव ६८ प्रतिशत सम्पत्ति घर जग्गा क्षेत्रमा लगानी भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्