Shikhar Insurance
National Life

१ वर्षमा ३ सयभन्दा बढी प्योर ईभीका स्कुटर बिक्री

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १९:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली बजारमा प्योर ईभीको स्कुटर बिक्री वितरण सुरु भएको एक वर्ष पुरा भएको छ । नेपालका लागि प्योर ईभीको आधिकारी वितरण ह्वाइट लोटस मोटर्सले २०७७ कार्तिक २९ गतेदेखि प्योर ईभीका स्कुटर बिक्री वितरण सुरु गरेको हो ।

कोभिड–१९ को प्रकोपकाबीच प्योर ईभीले बजारमा राम्रो प्रभाव देखिएको कम्पनीका प्रबन्ध निर्देशक अशोक खड्की बताउँछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘इलेक्ट्रिक सवारी प्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दो छ,’ खड्कीले भने, ‘कोभिड–१९ को प्रकोपकाबीच पनि कम्पनीको व्यापार तथा विस्तार सुधार उन्मुख देखिएको छ ।’

पहिलो एक वर्षमा ३ सयभन्दा धेरै प्योर ईभीका स्कुटर बिक्री भएको उनले जानकारी दिए । साथै, उक्त अवधिमा कम्पनीले काठमाडौं उपत्यकामा मूख्य शोरुम सहित १२ शोरुम सञ्चालनमा ल्याइरहेको छ ।

कम्पनीले एक वर्षको अवधिमा ब्यापारलाई विविधिकरण गर्दै इलेक्ट्रिक स्कुटरका साथै इलेक्ट्रिक साइकल पनि बिक्री विरतण सुरु गरिसकेको छ ।

ह्वाइट लोटस मोटर्ससँग प्योर ईभी इन्ट्रान्स प्लस, प्योर ईभी नियो इन्ट्रान्स र प्योर ईभी ईप्लोटो ७जी स्कुटर छ । कम्पनीसँग अटोनिक्सका ४ इलेक्ट्रिक साइकल पनि छ । अटोनिक्स गो ३एक्स, अटोनिक्स गो, अटोनिक्स भोल्टीक र अटोनिक्स रेम्बो रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्