Shikhar Insurance
National Life

नेपाल टेलिकमको खुद मुनाफा डेढ गुणाले बढ्नुका ४ कारण

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३०, मंगलवार १६:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमको खुद मुनाफा डेढ गुणाले बढेको छ । आर्थिक वर्ष २०७७÷७८ को पहिलो त्रैमासिक अवधि (२०७७ असोजमसान्त) सम्म कम्पनीले १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार रुपैयाँ खुद मुनाफा गरेकामा चालु आवको सोही अवधिमा ७४ करोड २१ लाख ३४ हजार (अर्थात, ४८.९० प्रतिशत) ले वृद्धि भई २ अर्ब २५ करोड ९९ लाख ४ हजार पुगेको छ ।

यसबीचमा कम्पनीको सञ्चालन आय १३.२ प्रतिशतले बढेर ९ अर्ब ७७ करोड ५२ लाख ९४ हजार पुगेको छ भने कुल आय ८.३९ प्रतिशतले विस्तार भई १० अर्ब ९५ करोड २३ लाख ४६ हजार रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत आवको प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आवको प्रथम त्रैमासिकमा कम्पनीको आर्थिक स्वास्थ्य सकारात्मक हुनुका ४ प्रमुख कारण टेलिकमले औंल्याएको छः

१. फोरजी आयोजनाको कार्यान्वयनसँगै यसको पहुँच विस्तार हुँदा समग्र सक्रिय ग्राहक आधार वृद्धि हुन गई मोबाइल डाटा, भ्वाइस, एस.एम.एस. सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुन गएको । यसैगरी टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानहरुमा समेत सबै सेवाको पहुँच विस्तार गरिएकाले ग्राहक आधार वृद्धि हुन गएको । कम्पनीको एफटीटीएच सेवाप्रति ग्राहकको आकर्षणमा वृद्धि भई एफटीटीएचमार्फत वितरण गरिएको इन्टरनेट सेवा, टेलिफोन सेवा तथा आईपीटीभी सेवाका ग्राहकहरु वृद्धि हुन गइ फिक्स्ड नेटवर्कबाट हुने आयमा समेत सकारात्मक प्रभाव परेको ।

२. मुलुक तथा विश्वव्यापी रुपमा कोभिड १९ विरुद्धको खोप कार्यक्रम पश्चात कोभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा आएको संकट चालु आवको शुरुबाटै केही सहज भएकोले कम्पनीका आयोजनाहरु तथा सेवा वितरणमा सहजता आएको ।

३. कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गराइएको हुँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेतापनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाहरुप्रति ग्राहकवर्ग आकर्षित हुन सकेको तथा सोही कारणले सेवा उपयोगमा वृद्धि भएको ।

४. कोभिड १९ महामारी, अन्तर्राष्ट्रिय यात्रा सहज नभइसकेको वास्तविकता तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय कल तथा अन्तर्राष्ट्रिय रोमिङ सेवामा आएको गिरावट कायमै रहेतापनि अनलाइन व्यवसाय, अनलाइन कक्षा, सोसियल नेटवर्किङ, इन्टरनेटमा आधारित मनोरञ्जन आदिमा भएको वृद्धिको कारणले कम्पनीको भ्वाइस सेवा, डेटा सेवा र एसएमएस सेवामा गत आवको प्रथम त्रैमासिक अवधि (२०७७ आश्विन मसान्त) को तुलनामा चालु आवको सोही अवधिमा सुधार आई क्रमशः करिब ७ प्रतिशत, १५ प्रतिशत र ३३५ प्रतिशतले वृद्धि भएको ।

GBIME

प्रतिक्रिया दिनुहोस्