Shikhar Insurance
National Life

रासस सरकारको प्रवक्ता बन्नु पर्छः अर्थमन्त्री शर्मा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १८:३२
Hyundai
NCELL
NIMB

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले संविधानमा उल्लेख भएअनुसार समाजवादको आधार तयार पार्दै स्वाधिन अर्थतन्त्रको निर्माणमा सरकार लागिपरेको भन्दै यसमा साथ दिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

प्रेस सेन्टर नेपाल रासस प्रतिष्ठान शाखाको तेस्रो अधिवेशन तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले आत्मनिर्भर अर्थतन्त्रको निर्माण गरी मुलुकलाई समृद्ध बनाउन सवैको साझा प्रयासको आवश्यकता औंल्याए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले प्रेस सेन्टर नेपाललाई समृद्धिको प्रवक्ताको रुपमा काम गर्न समेत आग्रह गरे । यस्तै उनले गलत कामको रचनात्मक आलोचना गर्दै सरकारको प्रवक्ताको भूमिका निर्वाह गर्न राष्ट्रिय समाचार समिति (रासस)लाई आग्रह गरे ।

जनतालाई सरकारसँग र सरकारलाई जनतासँग जोड्ने संयन्त्रको रुपमा रहेको राससलाई थप परिस्कृत र प्रभावकारी बनाउन सरकारको तर्फबाट खेल्नुपर्ने भूमिकाका लागि आफू सधै तयार रहेको उनले बताए । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न सरकारको तर्फबाट उपलब्ध गराउनुपर्ने स्रोत र साधनका लागि आफूले प्रयास गर्ने आवश्वासन दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्