Shikhar Insurance
National Life

विश्व क्रिकेटमा अस्ट्रेलियाको दबदबा कायमै, कीर्तिमानी आठौं पटक आईसीसी ट्रफी कब्जा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २९, सोमबार १३:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । टी-२० विश्वकपको रुपमा अस्ट्रेलियालाई विश्वले नयाँ च्याम्पियन पाएको छ। टी-२० विश्वकपको फाइनलमा न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै कंगारू टोलीले पहिलो पटक उपाधि जितेको हो।

यो जितसँगै अष्ट्रेलियाले एकदिवसीय र टेस्टबाहेक टी-२० मा पनि कसैभन्दा कम छैन भन्ने प्रमाणित गरेको छ। उसको खातामा यो आठौं आईसीसी ट्रफी हो। यसअघि उसले पाँच पटक एकदिवसीय विश्वकप र २ पटक च्याम्पियन्स ट्रफी जितिसकेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्ट्रेलियाले टी-२० च्याम्पियन बन्न १४ वर्ष कुर्नुपरेको थियो। सन् २०१० मा प्रतियोगिता जित्ने अवसर आएपनि इंग्ल्यान्डले अस्ट्रेलियाको सपना साकार हुन दिएन। विश्व क्रिकेट इतिहासमा अस्ट्रेलियाली टोलीको खेल हेर्नलायक रहन्छ।

टोलीलाई ठूला उपाधि जित्ने बानी पहिलेदेखि नै छ। कंगारू टोलीले एकपछि अर्को धेरै ठूला उपाधि जितेको छ। अस्ट्रेलिया लगातार तीन पटक एकदिवसीय विश्वकप जित्ने पहिलो टोलीसमेत हो।

जहिले पनि विपक्षी टोलीका खेलाडीहरू कंगारू टोलीको नाम सुनेर मात्रै आत्तिने गर्छन्। १९९९, २००३ र २००७ मा, टोलीले विश्वकप जित्दै ह्याट्रिक गर्‍याे। टी-२० प्रारूप सुरु भएपछि खेलप्रेमीहरूले यो टोलीलाई सुरुदेखि नै च्याम्पियनका रूपमा हेर्न थालेका थिए। तर, पहिलो ६ विश्वकपमा टोलीले यो सपना पूरा गर्न सकेन।

पाँच विश्वकपको उपाधि

पहिलो एकदिवसीय विश्वकप सन् १९७५ मा खेलिएको थियो र सन् १९८७ मा टोलीले पहिलो उपाधि जितेको थियो। कंगारु टोलीलाई पहिलो पटक एकदिवसीय विश्वकप जित्न १२ वर्ष लागे पनि त्यसपछि टोलीले पछाडि फर्केर हेरेको छैन।

एलन बोर्डरको कप्तानीमा कंगारू टोलीले सन् १९८७ मा इंग्ल्यान्डलाई ७ विकेटले हराएको थियो। त्यसपछि सन् १९९९ मा स्टिभ वा, २००३-२००७ मा रिकी पोन्टिङ र २०१५ मा माइकल क्लार्कले टोलीलाई विश्व च्याम्पियन बनाएका थिए।

अस्ट्रेलियाले कुल ७ वटा विश्वकप फाइनल खेलेको छ र पाँचमा उपाधि जितेको छ। आईसीसी च्याम्पियन्स ट्रफीमा पनि अष्ट्रेलियाको टोलीले वर्चस्व कायम गरेको छ। टोलीले लगातार दुई पटक २००६ र २००९ मा च्याम्पियन अफ च्याम्पियन बनेको थियो। आइतबार टी-२० च्याम्पियन बनेर टोलीले नयाँ वर्षअघि आफ्ना प्रशंसकहरूलाई नयाँ वर्षको उपहार दिएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्