Shikhar Insurance
National Life

सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २८, आईतवार ११:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ कायम भएकोमा आइतबार दुई सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको हो ।

आइतबार छापावाल सुन प्रति १० ग्राम ८१ हजार १०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ६७५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आइतबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २९५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्