Shikhar Insurance
National Life

लक्ष्मी लघुवित्तको ७८ औं शाखा संखुवासभाको मुढेमा

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २७, शनिबार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तिय संस्थाले आफ्नो ७८ औं शाखा कार्यालय संखुवासभाको मुढेमा स्थापना गरेको छ । कम्पनी सञ्चालक समिति अध्यक्ष जीवन प्रकाश लिम्बु र प्रमुख कार्यकारी अधिकृत प्रकाश राज शर्माले संयुक्त रुपमा सो शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा धर्मदेवी नगरपालिका वडा ३ र ५ का अध्यक्षद्धय श्याम पौडेल र उदय पौडेलले कम्पनीलाई जनमुखी सेवाका लागि शुभकामना दिएका थिए ।
सञ्चालक समिति अध्यक्ष लिम्बुले केहि समयपछि लक्ष्मी लघुवित्तले लक्ष्मी बैंकको शाखारहित सेवा समेत प्रवाह गर्ने जानकारी दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, प्रमुख कार्यकारी अधिकृत शर्माले कम्पनीको कार्यक्षेत्र र भावी रणनीतिबारे धारणा राखेका थिए । कार्यक्रममा लघुवित्तको सामान्य प्रशासन विभागका प्रमुख दिलिप शर्मा, प्रदेश १ का प्रमुृख भिम न्यौपाने पनि उपस्थित थिए । नयाँ स्थापना भएको शाखाका प्रमुख महेश लुइँटेलले व्यवसाय विस्तारको योजना सुनाएका थिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्